Play

कांग्रेसमा महाधिबेशन बिबाद: मङ्सिरमा नियमित नभए बिशेष महाधिबेशन गर्नुपर्नेमा गण्डकी प्रदेश समितिको जोड

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसमा महाधिबेशन सम्बन्धि बिबाद तल्लो तहसम्म पुगेको छ। केन्द्रीय समितिको १ महिनासम्म बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि महाधिबेशन तत्काल गर्ने या चुनाबसंग तालमेल गरेर महाधिबेशन गर्ने भन्ने बिषयमा कार्यकर्ताहरु समेत विभाजित बन्दै गएका छन।

यसक्रममा काठमाडौँमा दिनहुँ जसो बिशेष महाधिबेशन पक्षधरको नाममा भेला भैरहेका छन भने समयमै नियमित महाधिबेशन गर्ने भन्ने पक्षको तर्फबाट पनि भेलाहरु भैरहेका छन। पार्टीको केन्द्रीय समितिमा देखिएको मतभेद र विभाजन तल्लो तहसम्म पुग्ने क्रममा गण्डकी प्रदेशको पोखरामा पनि दुई समुहले छुट्टाछुट्टै रुपमा कार्यक्रम सम्पन्न गरेका छन।

गत बुधबार पार्टीको संस्थापन पक्षको मानिएका कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठको अध्यक्षतामा भएको दवाबमुलक  भेलाले बिशेष महाधिबेशनले पार्टीमा विभाजनको रेखा कोर्ने, तल्लो तहसम्म गुटबन्दीलाई संस्थागत गर्ने भएकोले बिशेष महाधिबेशन गर्न नहुने निष्कर्ष निकालेको थियो। उक्त भेलाले संसदीय चुनाब र महाधिबेशन संगसंगै जान नसक्ने भएकोले उपयुक्त समयमा नियमित महाधिबेशन हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

बुधबारको भेला सकिएको तिन दिनपछि नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिको नाममा बिशेष भेला सम्पन्न भएको छ । पार्टीका प्रदेश सभापति शुक्रराज शर्माको अगुवाईमा भएको भेलाले कार्यसमितिको कार्यकाल सकिएर पनि महाधिवेशन नथालिएको विषयलाई ‘गम्भीर कमजोरी’को रूपमा लिंदै मंसिर महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताब पारित गरेको छ। मङ्सिरमा महाधिबेशन सम्भव नभएमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएकोले बिशेष महाधिबेशन आव्हान  गर्न र आबश्यक तयारी गर्न पनि भेलाले प्रस्ताव गरेको छ ।

भेलामा बोल्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले तुरुन्त नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे। उनले नियमित महाधिवेशन नगरे ५४ प्रतिशत हस्ताक्षर अनुसार विशेष महाधिवेशन गर्न माग गरे । ‘महाधिवेशन हाम्रो आन्तरिक प्रक्रिया हो । अवधि पुगेको छ भने के कारणले रोकिएको छ ?’ उनले प्रश्न गरे।

सभापति शर्माले आन्तरिक स्वार्थका कारण केन्द्रीय समिति अनिर्णयको बन्दि बनेको बताउंदै कांग्रेसले धार्मिक स्वतन्त्रता, प्रजातन्त्र, समाजवाद छोडेर आंफ्नो विरासतमा नफर्किने हो भने जो सभापति बने पनि देशलाई केही दिन नसक्ने दाबी गरे ।

यथाशिघ्र नियमित महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र त्यसो नभए ५४ प्रतिशत महाधिबेशन प्रतिनिधिको माग अनुसार बिशेष महाधिबेशन गर्नुपर्नेमा जोड दिंदै शर्माले कुनै निर्णय दिन नसक्ने हो भने नेतृत्व छोड्न समेत चेतावनी दिए । शर्माले पार्टी र जनताबिचको दूरी बढ्दै गएमा देश दुर्घटनामा फस्ने चेतावनी दिंदै धार्मिक स्वतन्त्रता, प्रजातन्त्र र समाजवादजस्ता कांग्रेसका मूल सिद्धान्तहरूबाट विचलित हुँदा पार्टी कमजोर भएको तर्क गरे ।

पोखरामा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीको नियमित महाधिवेशन मंसिर महिनाभित्र नै सम्पन्न गर्नुपर्ने आग्रह सहित पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर समीक्षा गर्दै पाँच बुँदे प्रस्ताव पारित गरेको छ। बैठकले भदौ २३–२४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको आक्रमण, तोडफोड र आगजनीलाई ‘अमानवीय’ भन्दै कडा शब्दमा भर्त्सना गरेको छ।

प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेतामाथि भएको आक्रमण, पार्टी कार्यालयमा गरिएको तोडफोड र आगजनी एबम सार्वजनिक, निजी सम्पत्तिमा भएको तोडफोडप्रति पनि बैठकले गम्भीर आपत्ति जनाएको छ।

गण्डकी प्रदेश समितिले कांग्रेस संगठन समयअनुकूल परिमार्जन हुन नसक्दा कार्यकर्ता र आम जनतामा निराशा बढ्दै गएको निष्कर्ष निकालेको छ। प्रस्तावमा भनिएको छ “अब एक पटक फेरि जनतासँग माफी माग्दै आत्मालोचनासहित सुधारतर्फ फर्किनैपर्छ।” बैठकमा सहभागी नेताहरूले पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास र निर्णय गर्न नसक्ने प्रवृत्तिले संगठन कमजोर हुँदै गएको चेतावनी दिएका छन्।

भेलामा पार्टीको प्रदेश समितिका पदाधिकारीहरु सहित बिभिन्न जिल्ला समितिका सभापति र पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरुले आआफ्नो भनाई राखेको पार्टीको प्रदेश समितिका प्रबक्ता माधब बास्तोला मधुले गुरुकुल खबरलाई जानकारी दिए।

भेलाले पारित गरेका प्रस्ताबहरु ..

२९ कार्तिक २०८२, शनिबार २२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा