पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले एक पछि अर्को गर्दै पार्टी छाड्न थालेका छन। यसैक्रममा शुक्रबार रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका घोषणा गरेका छन।
विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले आंफुले रास्वपा छाडेका घोषणा गरेपनि किन छाडे भन्ने बिषयमा बिस्तृतमा केहि बताएका छैनन ।
‘मैले रास्वपा छाडेँ, अब नयाँ अभियान सञ्चालन गर्छु,’ उनले भने, ‘आजै प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिउँला।’
यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद एबम पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन्।
यसैगरी, कास्कीबाट रास्वपाको सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ पनि पार्टीमा निष्क्रिय बनेका छन । उनलाई मन्त्री बन्ने तयारीमा रहंदा मेडिकल ब्यबसायी दुर्गा प्रसाईं समेत सग पैसा मागेको आरोप लागेपछि पार्टीले कारबाही गरि सांसदबाट समेत हटाइएको थियो।



















