Play

गरिमा विकास बैंकको साधारणसभा: १०.५३ प्रतिशत लाभांश बाँडिने, अधिकृत पुँजी ६ अर्ब १० करोड पुग्ने

गुरुकुल खबर


पोखरा, गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयरधनीको लागि १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। बैंकका सञ्चालक, कार्यकारी अधिकृत, शेयरधनी, नियामक निकायका प्रतिनिधि एबम  सरोकारवाला हरूको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभाले ६% बोनस शेयर र ४.५३% नगद लाभांश (बोनससम्बन्धी कर सहित) गरि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिमा पारित गरेको हो।

साधारणसभाले गरिमा विकास बैंकको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनको साथै २०८२ असार मसान्तसम्मको वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटी परिवर्तन विवरण लगायतका सबै वित्तीय विवरणहरू पनि पारित गरेको बैंकले जनाएको छ। त्यसैगरी, आगामी आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत साधारण सभाले अनुमोदन गरेको छ।

साधारण सभाले बैंकको अधिकृत पूँजी बढाएर रु. ६ अर्ब १० करोड पुर्‍याउने, बैंकको  प्रधान कार्यालय स्थानान्तरण गर्ने र बैंकको लोगो र छाप समेत परिबर्तन गर्ने गरि तीनवटा बिशेष प्रस्ताब पारित गरेको छ अब बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका -२ लाजिम्पाटबाट  काठमाडौं–३, बालुवाटारस्थित आफ्नै नयाँ भवनमा स्थानान्तरण गर्ने बिशेष प्रस्ताब पनि साधारण सभाले पारित गरेको हो ।

यसैगरी बैंकको प्रबन्ध पत्र र नियमावलीमा पनि संसोधन गरिने भएको छ  यी प्रस्तावहरू बैंकको दीर्घकालीन संरचनागत सुदृढीकरण र ब्रान्ड पहिचान सुधारतर्फ महत्वपूर्ण कदमका रूपमा रहने बिश्वास गरिएको बैंकले जनाएको छ।

गरिमा विकास बैंकको चुक्ता पूँजी हाल रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेकोमा साधारण सभाबाट पारित ६प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्ने भएको छ।

गरिमा विकास बैंकले देशभर १ सय २६ वटा शाखा कार्यालय र ५१ वटा एटिएम मार्फत सेवा दिइरहेकोमा पछिल्लो समय नवीनतम डिजिटल बैंकिङ सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी तथा सुरक्षित वित्तीय कारोबारमा समेत आँफुलाई अन्य कतिपय वित्तीय संस्थाको तुलनामा प्रभावकारी सिद्ध गर्न सफल भएको छ । बैंकले सरल, सुरक्षित र ग्राहकमैत्री सेवालाई आफ्नो मुख्य प्राथमिकताको रूपमा अघि बढाउँदै आएको जनाएको छ।

गरिमा विकास बैंकको १९औँ साधारणसभाले पूँजी संरचना विस्तार, ब्यबस्थापन सुधार, ब्रान्ड परिवर्तन र डिजिटल क्षमताको व्यापक विस्तारलाई संस्थागत गर्दै बैंकलाई अझ प्रतिस्पर्धी र सुदृढ वित्तीय संस्थाका रूपमा अघि बढाउन बैंकलाई आबश्यक निर्देशन र उत्प्रेरणा  दिएको बताइएको छ।

२७ कार्तिक २०८२, बिहीबार १८:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा