Play

प्रहरी प्रमुखबाट सेवानिबृत भएलगत्तै खापुङलाई विदेश जान रोक, काठमाडौँ छाड्न पनि अनुमति लिनुपर्ने

गुरुकुल खबर


पोखरा, आज बिहिबारदेखि नै नेपाल प्रहरीको सर्वोच्चपद अर्थात प्रहरी महनिरिक्षक पदबाट सेवा निवृत्त भएका चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनक क्रममा राज्य पक्षबाट गोलि चलाइएको  घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको बताइएको छ ।

आयोगले आइजीपी खापुंगलाई आँफुहरुको अनुमतिबिना काठमाडौं उपत्यका छाडेर बाहिर जान समेत नपाउने गरि रोक लगाएको छ। उनलाई उपत्यका बाहिर र देश बाहिर जान रोक लगाउने निर्णय सार्बजनिक भएसंगै सामाजिक संजालमा सरकार र आयोगको कामको आलोचन समेत हुन् थालेको छ ।

हिजो सम्म पदमा हुँदा केहि नभन्ने आयोग र सरकारले आइजीपी पदबाट सेवा निवृत्त भए लगत्तै यस्तो निर्णय गर्नु आयोगको लाचारीपन भन्दै कतिपयले टिप्पणी गरेका छन ।  सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ।

उक्त आयोगले तत्कालीन प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ।

२७ कार्तिक २०८२, बिहीबार १४:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा