Play

जेलबाट भागेका ५ हजार कैदीबन्दी अझै फरार, करिब ५ सय थान हतियार फिर्ता हुन बाँकी

जेनाजी आन्दोलनताका अपराधिक काममा संलग्न ४३० जना पक्राउ , १६८ वटा मुद्धा दर्ता गरि कारबाही प्रक्रिया शुरु


गुरुकुल खबर


काठमाडौँ,  जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएकामध्ये पांच हजार भन्दा बढी कैदीबन्दी अझै पनि फरार छन भने आन्दोलनको क्रममा लुटिएका हतियारहरु मध्ये करिब पाँच सय थान हतियार अझै फिर्ता भएका छैनन।

जेलमा रहेका अपराधीहरु जेल बाहिर रहनु र लुटिएका हतियार समेत फिर्ता नहुँदा सुरक्षा चुनौती बढ्दो छ जसका कारण फागुन २१ मा हुने भनिएको चुनाबको बारेमा समेत अनेक शंका उपशंकाहरु उब्जिएका छन। सरकारका गृहमन्त्री स्वयमले पनि फरार कैदीबन्दी र लुटिएका हतियारलाई सरकारले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन ।

यसैबीच, राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले कुल १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएकामा हालसम्म नौ हजार ५ सय ४१ जनालाई नियन्त्रणमा लिइसकिएको र त्यसबेला लुटिएका र हराएका हतियारहरुमध्ये ७ सय १८ थान हतियार सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको जानकारी दिए । उनले जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा ४ सय २९ जना पक्राउ परेको जानकारी दिएका छन् ।

गृहमन्त्री अर्यालले हालसम्म पक्राउ परेकाहरूमाथि विभिन्न शीर्षकमा १६८ वटा मुद्दा दर्ता भइसकेको बताउंदै लुटिएका हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको समेत स्पष्ट पारे। उनले फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाइएको जानकारी दिए । “फरार कैदीहरूको सूची सार्वजनिक गरिएको छ, त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ ।” उनको भनाई छ ।

उनले खोजतलासलाई तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको पनि बताए । सरकार सबै चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन दृढ रहेको मन्त्री अर्यालले दाबि गरे ।

२७ कार्तिक २०८२, बिहीबार १६:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा