पोखरा, आज बिहिबारदेखि नै नेपाल प्रहरीको सर्वोच्चपद अर्थात प्रहरी महनिरिक्षक पदबाट सेवा निवृत्त भएका चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनक क्रममा राज्य पक्षबाट गोलि चलाइएको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको बताइएको छ ।
आयोगले आइजीपी खापुंगलाई आँफुहरुको अनुमतिबिना काठमाडौं उपत्यका छाडेर बाहिर जान समेत नपाउने गरि रोक लगाएको छ। उनलाई उपत्यका बाहिर र देश बाहिर जान रोक लगाउने निर्णय सार्बजनिक भएसंगै सामाजिक संजालमा सरकार र आयोगको कामको आलोचन समेत हुन् थालेको छ ।
हिजो सम्म पदमा हुँदा केहि नभन्ने आयोग र सरकारले आइजीपी पदबाट सेवा निवृत्त भए लगत्तै यस्तो निर्णय गर्नु आयोगको लाचारीपन भन्दै कतिपयले टिप्पणी गरेका छन । सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ।
उक्त आयोगले तत्कालीन प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ।




















