Play

चर्चित कलाकार ज्योती मगर भन्छिन ‘जेनजी आन्दोलनमा सहभागी बिभिन्न जेनजीको स्वार्थ यस्तो थियो’

गुरुकुल खबर


पोखरा, चर्चित गायिका एबम कलाकार ज्योती मगरले जेनजी आन्दोलन हुनुको पछाडी सबैको आआफ्नै स्वार्थ रहेको बताउंदै अपबादमा रहेका केहि जेनजीलाई मात्र देशको चिन्ता भएको उल्लेख गरेकी छन।

देशका बिभिन्न दल र समुहका जेनजीहरुको आफ्नै स्वार्थको कारण भएको भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण निर्दोस हरु ढलेको र देश जलेको उनले स्पष्ट पारेकी छन् ।

बेथितिको बिरुद्द आवाज उठाउने र शान्तिपूर्ण आन्दोलनको माध्यमबाट सरकारलाई खबरदारी गर्ने लक्ष अनुसार आन्दोलनमा सहभागी केहि निर्दोस जेनजीकै अगाडी त्यस्तै केहि जेनजी ढलेको र देश जलेको भन्दै मगरले जेनजी आन्दोलन चाहनेहरु अधिकांशको आआफ्नो स्वार्थ रहेको उल्लेख गरेकी छन।

उनले आंफुले लेखेको बिषयमा सामाजिक संजालमा गाली आउने कुरामा आँफु निश्चिन्त भएको समेत उल्लेख गर्दै फेसबुकमा लेखेकी छन। ‘डराइ डराइ पोष्ट हान्दिए मैले ल… जति गाली गरेपनि गर्नु, म कमेन्ट पढ्दिन क्यारे’।

उनले सामाजिक संजाल फेस बुकमा लेखेको कुरा जस्ताको त्यस्तै..

जेन्जी आन्दोलन किन भयो ???

१ ) टिकटकर जेन्जी –  मोबाइलमा उपद्रो गरेर पैसा कमाउन…
२ ) कलाकार जेन्जी –   युट्युबबाट डलर कमाउन…
३ ) रास्वपाका जेन्जी – रबि लामिछानेलाई जेलबाट निकाल्न…
४ ) बालेनका जेन्जी –   प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरि बालेनलाई प्रधानमन्त्री बनाउन, चिलमा बस्न र स्वायग वाला एटीच्युड देखाउन..
५ ) माओबादीका जेन्जी – केपिलाई भगाएर प्रचण्डलाई देशको बागडोर दिन…
६ ) कांग्रेसका जेन्जी   –  देउवालाई हटाएर गगन लाई सभापति बनाउन…
७ ) बार्बरा फाउन्डेसनका जेन्जी – सन्दुक रुइतको देवत्वको आडमा देशमा भाँडभैलो मच्चाउन अनि चीनको विरुद्धमा गएर तिब्बत आजाद गर्न तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अमेरिकाको फेवर गर्न…
८ ) मधेस वारिपारीका जेन्जी – “जय नेपाल” भन्दा “जय हिन्द” भन्न सजिलो हुने भयकोले…
९ ) हुने खाने बर्गका जेन्जी  – नेताका छोराछोरीको हातको रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफूहरुलाई पनि चाहिएकोले..
१० ) एनजीओ र आइएनजीओका जेन्जी – देशमा अस्थिरता कायम गरि मागी खाने भाँडोमा डलर आर्जन गर्न…
११ ) राजाबादीका जेन्जी –   राजा फर्काइ “आइस्यो गैस्यो”, “राजा साहेब, बाबू साहेब”, “हुकुम बक्स्यो, कृपा बक्स्यो” वाला संस्कार बर्करार राख्न र हिन्दु राज्य घोषण गर्न…

तर अपबादमा कोहि कोहि चाहिं आम जेन्जी थिए, जसलाइ देशको चिन्ता थियो, बेथितिको विरुद्धमा आवाज बुलन्द गर्नुथियो शान्तिपुर्ण आन्दोलन गरेर सरकारलाई खबरदारी गर्नुथियो,  दुर्भाग्य उनिहरुकै अगाडि निर्दोषहरु ढले, उनिहरुकै अगाडि देश जल्यो…

डराइ डराइ पोष्ट हान्दिए है मैले त… जती गाली गरेनि गर्नु, म कमेन्ट पढ्दिन क्यारे…

२५ कार्तिक २०८२, मंगलवार ११:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा