Play

कांग्रेसका बिभिन्न जिल्ला सम्पर्क समितिका सभापतिहरु भन्छन ‘ चुनाब अगाडी महाधिबेशन हुनुपर्छ’

गुरुकुल खबर


काठमाडौ, नेपाली काङ्ग्रेस जिल्ला सम्पर्क समन्वय समितिका सभापतिहरु नियमित  महाधिवेशनको पक्षमा उभिएको छन ।  नियमित महाधिबेशन गर्न नसके मात्र विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने उनीहरुको धारणा छ । बिभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा गएर बिभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली काँग्रेसका समर्थकहरुले यस अगाडी नै बिभिन्न जिल्ला सम्पर्क समन्वय समिति गठन गरि बिभिन्न गतिबिधि समेत गर्दै आएको छन ।

नेपाली काँग्रेसको महाधिबेशनको लागि पार्टीका महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेटलाईन भित्र महाधिवेशन गर्न सकिने अबस्था रहेकोले उक्त मिति भित्र १५ औं महाधिबेशन गर्नु उपयुक्त हुने निष्कर्षमा उनीहरु पुगेको छन ।

नेपाली काँग्रेस कास्की काठमाडौँ सम्पर्क समितिका सभापति दिपक बरालका अनुसार जेनजी आन्दोलनपछि हुन लागेको संसदीय निर्वाचनमा पार्टीले नेतृत्व परिवर्तन गरेर नयाँ जोस र उर्जाको साथमा निर्वाचनमा होमिनुपर्ने भएकोले पनि निर्बाचन अगाडी महाधिबेशन गर्नुपर्ने पक्षमा बिभिन्न समितिका सभापतिहरु देखिएका हुन ।

महाधिवेशन माग गर्ने उपत्यका सम्पर्क समितिका सभापतिहरुमा कास्की काठमाडौँ सम्पर्क समितिका सभापति बराल सहित खिला नाथ लुइँटेल (ओखलढुंगा), सुभाष कोइराला (रौतहट), ओम शर्मा चापागाईं (पर्बत), खिमानन्द बस्याल (पाल्पा), दिपक उप्रेती (झापा), भक्ती भट्टराई (ताप्लेजुङ), निर्मल रिजाल (पाँचथर), ऋषिश्वर थपलिया (चितवन) र बाबुराम आचार्य (सुनसरी) रहेका छन

यसैगरी राम वाग्ले (उदयपुर), नवीन जोशी (झापा), सन्दीप बराल (कास्की), युबराज गुरुङ (सिन्धुली), बिमला बस्याल (पाल्पा), लक्ष्मी नारायण तिमिल्सिना (पाँचथर), प्रदीप बस्नेत (रामेछाप), अरुण पराजुली (पर्बत), काशीनाथ आचार्य (खोटाङ), बजिय अर्सद (कपिलवस्तु), रोनी पुन (रोल्पा), राजन केसी (सल्यान), महेन्द्र कार्की (जुम्ला) र मीन बहादुर थापा (धनकुटा) ले पनि उक्त बिषयमा सहमति जनाएको बताइएको छ।

२२ कार्तिक २०८२, शनिबार १०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा