Play

८८ करोड बढी ठगि भएपछि पिडित बचतकर्तालाई जाहेरी दिन प्रहरीको आग्रह, अध्यक्ष गोदारसहित आठ पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरामा सहकारी ठगि संग सम्बन्धित घटनाहरु सार्बजनिक हुने र सहकारीसंग जोडिएका व्यक्तिहरु पक्राउ पर्ने क्रममा पछिल्लो पटक पोखरा बचत तथा ऋण सहकारी संस्थाका संचालकहरु पक्राउ परेका छन भने उक्त सहकारीका पिडित बचतकर्तालाई आंफ्नो बचत र कारोबार रकमको प्रमाण सहित जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ । सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको आधारमा केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीले बचत र कारोबारको प्रमाण पुग्ने कागजातसहित मंसिर २ गतेभित्र जाहेरी दिन आग्रह गरेको छ प्रहरीले जारी गरेको सुचनामा भनिएको छ । ‘सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ।’

पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजारमा लामो समयदेखि संचालनमा रहेको श्री पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका सञ्चालिका पदाधिकारीहरू र जिम्मेवार व्यक्तिहरूले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी ठगी गरेको भन्ने आरोपपछि जिल्ला प्रहरी कार्यालय कास्कीले यस सम्बन्धमा अनुसन्धान सुरु गर्दै पीडित बचतकर्ताहरूलाई आधिकारिक उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको हो।

प्रहरीको सूचना अनुसार, सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न दिनु भनी रजिस्ट्रारको कार्यालयले पत्राचार गरेपछि प्रहरीले यस विषयमा सक्रियता देखाएको हो। सहकारी संस्थाले बचत तथा सेयर रकम फिर्ता नगर्दा पीडित बनेका व्यक्तिहरूलाई प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरिएको छ। यसको साथै सहकारीबाट ऋण उपभोग गर्ने ऋणीहरूलाई समेत मुद्राको प्रतिवादी बनाइने भन्दै प्रहरीले आफूले भुक्तान गर्नुपर्ने रकम सम्बन्धमा छानबिन प्रतिवेदनबाट जानकारी लिई प्रहरीको सम्पर्कमा आएर आफ्नो व्यवहार मिलाउन समेत अनुरोध गरेको छ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, पोखराको पत्र साथै बिभिन्न कागजातहरूको आधारमा मिति २०८१ असोज १९ गते पोखरा बचत तथा ऋण सहकारी संस्थाका केही पदाधिकारी र कर्मचारीलाइ यस अगाडी नै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले पोखरा–१०, अमरसिंहचोक बस्ने पोखरा सहकारीका अध्यक्ष गोदार, पोखरा–११, रानीपौवा बस्ने सहकारीका उपाध्यक्ष शम्भुराज बास्तोला, पोखरा–१४, चाउथे बस्ने कोषाध्यक्ष हिरामणी दाहाल, पोखरा–११, फुलबारी बस्ने सचिव दिलबहादुर केसी, पोखरा–१७, विरौटा बस्ने सहकारीका सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, पोखरा–१४, छिनेडाँडा बस्ने व्यवस्थापक भीष्मप्रसाद गुरुङ, पोखरा–३, तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पोखरा–९, नयाँबजार बस्ने पूर्वसचिव/सदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरिसकेको छ र अन्यको खोजि भैरहेको जनाएको छ।

आरोपित समूहले बिनाधितो ऋण प्रवाह, नक्कली खाता खोल्ने र सहकारीको नीति–नियमविपरीत कमिसनको लोभमा जोखिमपूर्ण लगानी गरेको र आफ्नो गल्ति ढाकछोप गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृत प्रेम राज लुइटेललार्ई पांच लाख रुपैयाँ घुस दिएको समेत बताइएको छ ।  पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकमा कार्यालय खोलेर २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय एबम पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु मार्फत कारोबार गर्दै आएको छ ।

२१ कार्तिक २०८२, शुक्रबार ०८:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा