Play

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्यको पदबहाली

गुरुकुल खबर


काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडमा सुजितकुमार शाक्यले नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा बिहिबार औपचारिक पदभार ग्रहण गरेका छन बैंकको संचालक समितिको ७ सय ३६ औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो।

करिब तीन दशक लामो बैंकिङ अनुभव सँगालेका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । उनले सन् १९९६ मा तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट आंफ्नो बैंकिङ करियर सुरु गरेका थिए त्यसपछि उनले हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र सन् २००७ देखि बैंक अफ एशिया नेपाल लिमिटेड मा बिजनेस बैंकिङ प्रमुख का रूपमा कार्य गरेका थिए ।

शाक्यले तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैंक लिमिटेडको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक तथा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा उनले काम गरेका थिए  थिए। शाक्यले सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका शाक्य पछिल्लो समय नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

एनआईसी एशिया बैंकले एक विज्ञप्ति जारी गर्दै शाक्यको दीर्घ अनुभव, विश्लेषण क्षमताको गहिराइ र रणनीतिक दृष्टिकोणले बैंकलाई थप सहज, सबल, गतिशील, विश्वसनीय र परिणाममुखी संस्थाको रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

२० कार्तिक २०८२, बिहीबार १४:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा