Play

जेलबाट भागेर प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्ने बिवस जलारी पक्राउ

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट क्यामेरा र मोटरसाइकल चोरी गर्ने अर्को एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका २६ बर्षीय विवस जलारी ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा कास्की कारागारमा थुनामा रहेको र २४ गते आन्दोलनकारीको सहयोगमा जेलबाट भागेर वडा प्रहरी कार्यालय बैदाममा पुगेर चोरी र लुटपाट गरेको प्रहरीको भनाई छ।

आन्दोलनको क्रममा बिभिन्न कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने तथा सामानहरु लुटपाट गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलिले हिजो बिहिबार २६ बर्षिय विवस जलारीलाई पक्राउ गरेको हो।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ०७ घारीपाटन बस्ने निज जलारीको साथबाट प्रहरीले क्यानोन कम्पनीको सोको डिजिटल क्यामेरा एउटा र नम्वर दुईसय सिसिको एनएस मोटरसाइकल एउटा समेत बरामद गरेको प्रहरीले जनाएको छ।

निजलाई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका प्रहरी प्रबक्ता हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

१४ कार्तिक २०८२, शुक्रबार १८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा