Play

तनहुँका जितेन्द्र पाण्डे पोर्चुगलमा बेपत्ता, स्थानीय प्रहरीद्वारा खोजि जारी

गुरुकुल खबर


लिस्बन (पोर्चुगल),  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका तनहुँको भानु नगरपालिका–९, पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका छन् । उनि विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए अघिल्लो साताको सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट उनि सम्पर्क विहीन अबस्थामा रहेको उनका साथी विदुर तामाङले जानकारी दिए । अघिल्लो आइतबार राति तामाङको घरमा आएका पाण्डे साथीको फोन आयो भनेर निस्केका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।

सँगै काम गर्ने साथीलाई आफ्ना निम्ति पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ । त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्नँ भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन,” तामाङले भने ।

पाण्डेको खोजीका निम्ति रोजगारदातामार्फत मंगलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुवाआमा र दिदीबहिनी छन् । पाण्डे बेपत्ता भएको सूचना दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका निम्ति स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।

उनको खोजीका निम्ति दूतावासले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत रहेको राससले जनाएको छ ।

१२ कार्तिक २०८२, बुधबार २२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा