Play

भुमी आयोग र जिल्ला समितिहरु खारेज गर्ने सरकारको निर्णयमा अदालतको अंकुश

गुरुकुल खबर


पोखरा, जेनजी आन्दोलनबाट बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले भूमी आयोग र त्यसका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेकोमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । सर्वोच्च अदालतले सरकारको उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको कारण कार्की नेतृत्वको सरकारले गरेको उक्त निर्णयमा अंकुश लागेको हो ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिँदै बिहीबार छलफलका लागि दुवै पक्षलाई झिकाएको हो । बिहीबार दुवै पक्षको छलफलपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने भएको छ ।

यस अघि गत असोज २३ गते कार्की नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि उक्त निर्णयको बिरुद्ध अदालतमा रिट दायर गरिएको थियो ।

१२ कार्तिक २०८२, बुधबार २०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा