पोखरा, पोखराको पुरानो वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रिया अगाडी बढाउन नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।
यस अगाडी दुबै संस्थाले मर्जर सम्झौता सम्पन्न गरेर नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि पेश गरेका थिए। नेपाल राष्ट्र बैंकले दुई संस्थाबिचको मर्जर प्रस्ताब अघिल्लो महिना असोजको २७ गते सोमबार स्वीकृत गरेको बुझिएको छ।
राष्ट्र बैंकले तीन महिनाभित्र दुबै फाइनान्स कम्पनीले आफ्ना साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्ने सर्तसहित सहमति दिएको बुझिएको छ ।
सम्बन्धित समाचार ..
पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, मर्जर पछिको नाम ‘पोखरा फाइनान्स’ नै रहने




















