न्यूयोर्क (अमेरिका), पोखरा महानगरपालिका -२५ हेमजा क्षेत्रबाट अमेरिकाको न्युयोर्क क्षेत्रमा पुगेका हेमजाबासीहरुले सन् २०१८ मा स्थापना गरेको संस्था हेमजा वेलफेयर सोसाइटी, अमेरिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन। संस्थाले आफ्नो स्थापनाकालदेखि नै स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।

न्युयोर्कको लङ्गआईल्यान्डस्थित हिक्सभिलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी न्युयोर्क ब्लड सेन्टरका प्रविधिकाहरुका अनुसार ३२ जनाले गरेको रक्तदानबाट ९६ जना लाभान्वित हुनेछन। रक्तदाताहरु मध्ये ५ जनाले पहिलो पटक रक्तदान गरेको कारण उनीहरुलाई प्रोत्साहन स्वरुप स्वागत र सम्मान गरिएको थियो।
रक्तदानमा सोसाइटीका अध्यक्ष ध्रुब पौडेल र सोसाइटीका संरक्षक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक विश्वराज वास्तोला, एनआरएन अमेरिकाका उपाध्यक्ष दिवाकर पाण्डे, सोसाइटीका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक निरज सापकोटा, हेमजा समाजका संरक्षक मोहन क्षेत्री, सल्लाहकार मुक्तिराम तिम्सिना, विदुर सापकोटा, विवेक क्षेत्री, उपाध्यक्ष पदम दाहाल, महासचिव विश्व तिम्सिना, कोषाध्यक्ष लाल जिसी, सदस्य गमबहादुर नेपाली लगायतले रक्तदान गरेको थिए।

यसैगरी केशव थापा, हरि पौडेल, ज्ञानेन्द्रमान श्रेष्ठ, नवदीप सिंह, सुमन कार्की, ऋषिराम दाहाल, किश्न थापा, विवेक थापा, सुभद्रा बराल सापकोटा, चन्द्र वहादुर (रामु) क्षेत्री र अनिल सुवेदी लगायतले पनि रक्तदान गरेको सोसाइटीका संरक्षक विश्वराज बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिएका छन ।
कार्यक्रमका लागि न्यूयोर्क राज्यका सिनेटर स्टीवन डी. रोड्सले शुभकामना सन्देश पठाउँदै हेम्जा वेलफेयर सोसाइटीको निरन्तर परोपकारी कार्यको प्रशंसा गरेका थिए। उनले रक्तदानजस्ता मानवीय पहलहरूले समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उल्लेख पनि गरे।
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नारालाई आत्मसात् गर्दै सोसाइटीले गरेको रक्तदान कार्यक्रममा समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, अगुवा तथा स्वयंसेवीदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा रक्तदाताहरु सहित कार्यक्रमलाई सहयोग गर्ने अतिथि र स्वयमसेवकहरुलाई हेमजा वेलफेयर सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि संस्थाले गर्ने सामाजिक, मानवीय र स्वास्थ्य–केन्द्रित कार्यक्रमहरूमा सबैको सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा सहभागि धादिङ नेपाली समाजका अध्यक्ष टक रुवाली, लङ्गआईल्यान्ड नेपाली समाजका अध्यक्ष राजन गौली, पूर्वअध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य टिका ढकाल, सिसिएनसी अमेरिकाका अध्यक्ष बाबुराम शर्मा, पर्वत सेवा समाजका अध्यक्ष सूर्य पौडेल, एनआरएन अमेरिकाका उपाध्यक्ष दिवाकर पाण्डे, हेम्जा समाजका संरक्षक मोहन क्षेत्री, सल्लाहकार दामोदर दहाल, उपाध्यक्ष लक्ष्मी थापा, ज्येष्ठ सल्लाहकार मुक्तिराम तिम्सिना, समाजसेवी शंखनारायण प्रजापति, पार फाउन्डेशनकी अध्यक्ष एलिजाबेथ ढकाल, पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक निरज सापकोटा लगायतले रक्तदानको सामाजिक, मानवीय र स्वास्थ्यगत योगदानको लागि हेम्जा सोसाइटीको प्रसंसा गरे।

हेम्जा वेलफेयर सोसाइटी अमेरिकाको न्यूयोर्कमा स्थापित एक गैर नाफामुलक नेपाली संस्था हो, जसले आपसी एकता, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका अभियानहरू मार्फत नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको छ। पहिले एउटा सिंगो गाबिस रहेको भएपनि हाल पोखरा महानगरपालिका को वडा न. २५ रहेको छ हेम्जा गाउँ कास्की जिल्लाको पोखरा -१ याम्दीदेखि अन्नपुर्ण गाउपलिका र माछापुच्छ्रे गाउँपालिकासंग पनि जोडिएको छ।




















