Play

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका – ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहार सहितका चाडपर्वलाई लक्षित गरेर ग्राहकको लागि उपहार योजना सार्बजनिक गरेको छ । दशै र तिहारलाई लक्षित गरेर ल्याईएको योजनामा एक हजार रुपैयाँसम्मको सामान खरिदमा एउटा कुपन पाइने छ ।

लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।

१७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक उपभोग्य सामग्रीहरुको बिक्री गर्दै आएको छ । अघिल्ला वर्षहरुमा पनि स्टोरले उपहार योजना संचालन गर्दै आएको थियो ।

पछिल्लो समय उक्त डिपार्टमेन्टल स्टोर्समा होटल, रेष्टुरेण्ट र घरयासी प्रयोगमा आउन किचनका भाँडाहरुको बिक्रि थप गरिएको छ । करिब दुई करोड रुपैयाँको लगानी रहेको स्टोरबाट होटल, रेष्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्य अनुरुप थप लगानी गरिएको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

उनले पोखरामा थपिदै गएका होटल तथा रेष्टुरेण्टका लागि आवश्यक किचनका सम्पूर्ण सामग्री सहज रूपमा पाउन सकिने बताए । उनका अनुसार स्टोरमा होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि चाहिने बुफे सेट, स्टेनलेस स्टिलका भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सूप प्यान, चपिंग बोर्ड, चाकू, चम्चा, स्प्याचुला, टोंग, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुल्हो, ओभन, डीप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फूड प्रोसेसर, डिश–र्याक, वाटर फिल्टर लगायतका साना देखी ठुला सम्म सबै भाँडाकुँडा उपलब्ध रहेको बताए ।

२७ आश्विन २०८२, सोमबार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा