Play

सडकमा प्रहरीको उपस्थिति देखिंदै, मोडीफाई गरि बाईक चलाउने र प्रहरीसंग बिबाद गर्ने चार युवा पक्राउ

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको बिद्रोहपछि निष्क्रिय जस्तो देखिएको प्रहरीले आंफ्नो उपस्थिति देखाउन लागेको छ। यसक्रममा प्रहरीलेगरे मोटरसाइकलको स्वरूप परिबर्तन गर्ने, ठुलो आवाज निकालेर ध्वनि प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुब्यबस्था खलल पार्ने र प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीसंग नै बिबाद गरेको भन्दै ४ जनालाई नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ। जेनजी बिद्रोह पछि सडकमा साथै बिगतमा नियमित उपस्थितिं रहने गरेका स्थानमा समेत प्रहरीको उपस्थिति अझैसम्म पनि न्युन देखिन्छ।

पक्राउ पर्नेहरुमा ग १२ प ९८३२ नम्बरको मोटरसाइकलका चालक कास्की जिल्ला पोखरा – १० बुद्दचोक बस्ने वर्ष २१ का सुवास कार्की, ग २४ प ४४६६ नम्बरको मोटरसाइकलका चालक म्याग्दी जिल्लाको मालिका -१ घर भई हाल पोखरा- ३ बस्ने वर्ष २५ का एल्बिन पुन रहेका छन ।यसैगरी ग १४ प ८३९९ नम्बरको मोटरसाइकलका चालक कास्की जिल्ला पोखरा – ६ बस्ने बर्ष २६ का सन्जिव दुवाडी र ग ९ प ६०१३ नम्बरको मोटरसाइकलका चालक कास्की जिल्ला पोखरा – ५ प्रस्याङ बस्ने बर्ष २९ का अमृत चापागाईलाई पनि नियन्त्रणमा लिईएको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए।

यसैबीच शहरी तथा ग्रामिण क्षेत्रमा हो-हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा अशान्ति फैलाउने मोटरसाईकल देखिएमा त्यस्ता मोटरसाइकलको नम्बर नेपाल प्रहरीको हटलाईन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन समेत प्रहरीले आग्रह गरेको छ प्रहरीले यस किसिमको जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने समेत जनाएको छ।

२७ आश्विन २०८२, सोमबार १८:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा