Play

८ करोड ५५ लाख बिगो र ३ बर्ष कैदको माग गर्दै पुर्वसभामुख महरा बिरुद्द मुद्दा दायर

गुरुकुल खबर


काठमाडौँ, नेकपा माओबादी केन्द्रका नेता एबम पूर्व सभामुख कृष्ण बहादुर महरा विरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले  पेस गरेको मुद्दा अर्थात अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको हो । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको खुमलटारबाट आइतबार पक्राउ गरेको थियो ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले दुईवटा सुटकेसमा चेकजांच गर्दा इलेक्ट्रिक चुरोट ‘भेप’ देखिएपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएको तर ति चिनिया नागरिक भने पासपोर्ट फिर्ता लिएर पर्सिपल्ट नै काठमाडौँ छोडेपछि त्यो भेप विमानस्थल भन्सारमा नै थन्किएको थियो

त्यसपछि भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क सुटकेसबाट भेप साटेको बताइन्छ । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो । २ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले उक्त घटनामा ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसै अनुरुप लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको हो । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि मात्र उनलाई धरौटीमा छाड्ने वा हिरासतमा राख्ने भन्ने निर्णय आउने छ ।

२७ आश्विन २०८२, सोमबार १७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा