पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते जेनजी विद्रोहको कारण मुलुकको सत्ता राजनीतिमा उथलपुथल भएपछि प्रमुख राजनीतिक दलहरुमा पनि त्यसको प्रभाव देखिएको छ। सोहि अनुरुप देशका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका छन् भने नेपाली काँग्रेसले पनि पुष महिना भित्रमा महाधिबेशन गर्ने गरि मिति तोक्ने सम्भावना छ।
आइतबार सम्पन्न नेकपा एमालेको सचिवालय बैठकले मंसिरको अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ भने नेकपा माओबादी केन्द्रले मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । जेनजी विद्रोह हुनु अगाडी नै नेतृत्व छाड्नुपर्ने भन्ने दबाबमा परेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि असोज ९ र १० गते बोलाएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको थियो ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको कार्यकाल आगामी मङ्सिरमा सकिने भएपनि अझैसम्म महाधिबेशन कहिले गर्ने भन्ने टुंगो नलागेको भएपनि मंगलवारब बस्ने केन्द्रीय समितिको बैठकले महाधिबेशनको मिति तय गर्ने विश्वासमा देशभरका नेता कार्यकर्ता बसेका छन।
भदौ २३ र २४ को जेनजी पुस्ताको नाममा भएको विद्रोहका कारण नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा रहेको नेपाली काँग्रेस सहितको संयुक्त सरकार ढलेको थियो । ओली नेतृत्वको सरकार ढलेपछि त्यसबेलाका सत्तारुढ दल एमाले र काँग्रेसमा मात्र नभएर माओबादी केन्द्रमा पनि नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको हो ।
सोहि कुरालाई आधार मानेर एमालेको सचिवालय बैठकले तयार गरेको एजेन्डाबारे निर्णय लिन असोज २९ गते एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । नेपाली काँग्रेसले पनि कार्यसम्पादन समिति र पदाधिकारीहरुको बैठक पटक पटक डाकेकोमा भोलि मंगलवार केन्द्रीय समितिको बैठक डाकेको छ । यसअगाडी आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक महाधिबेशनको कार्यतालिका बनाउने तयारीको लागि मंगलबारको लागि सारिएको बताइएको छ।
ततकालिन प्रधानमन्त्री ओलीले सत्ता गुमाएको एक महिनामा बसेको एमाले केन्द्रीय समितिको बैठकमा केही नेताहरूले ओलीको राजीनामा मागेका भएपनि आफूले पार्टी र देशको हित विपरीत कुनै काम नगरेकाले राजीनामा नदिने अडान ओलीले लिएको बुझिएको छ । उनले नेतृत्व हस्तान्तरणसम्बन्धी बहस महाधिवेशनबाटै टुङ्गो लगाउने भनेपछि तत्कालका लागि विवाद साम्य भएको छ ।
एमालेको गत भदौ २० देखि २३ मा सम्पन्न विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकाल रहने व्यवस्था खारेज गरी ओलीलाई नै अध्यक्ष बनाउने गरी विधान संशोधन गरेको थियो । पार्टीभित्र झाङ्गिँदै गएको अन्तरसंघर्षका कारण निकै दबाबमा रहेका ओलीले महाधिवेशन गर्ने घोषणसँगै राहत महसुुस गरेको कतिपय एमाले नेताहरुले बताएका छन ।
एमालेमा जस्तै नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा तीव्र मतभेद देखिएको माओवादी केन्द्रले भने केन्द्रीय समिति विघटन गरेर महाधिबेशन आयोजक समिति बनाएको छ र अध्यक्ष प्रचण्ड आयोजक समितिको संयोजक बनेका छन। मंसिरको अन्त्यतिर हुने पार्टीको महाधिवेशनबाट जेनजी विद्रोह अघिदेखि नै नेतृत्व छाड्न दबाबमा परेका प्रचण्डले नेतृत्व छोड्लान वा फेरी पनि लिने प्रयास गर्लान त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
माओबादीको बैठकमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरूले कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने सुझाव दिएका थिए, तर बहुमत सदस्यहरूले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन गर्नुपर्ने धारणा राखेपछि उनि संयोजक बनेको छन । केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय समेत गरेको कारण मंसिरमा एकता महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा बहस जारी रहेको माओबादीका नेताहरुको भनाई छ ।
प्रचण्डले अहिलेसम्म एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता प्रक्रिया सकारात्मक रहेको पार्टीलाई जानकारी गराएका छन् । विप्लवले नेतृत्व गरेको नेकपासँग पनि एकता प्रक्रियामा जोड्न पहल भइरहेको चर्चा चलिरहेको छ ।
यसरि दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीले महाधिवेशनको मिति घोषणा गरिसक्दा नेपालको पुरानो एबम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने टुंगोमा पुग्न सकेको छैन। जेनजी विद्रोहका वेला आफ्नै निवास बुढानीलकण्ठमा प्रदर्शनकारीहरुको सांघातिक आक्रमणमा घाइते भई उपचारमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै पनि सार्बजनिक भएका छैनन । तर, मंगलवारको केन्द्रीय समितिको बैठकमा भने सहभागी बन्ने उनका स्वकीय सचिब भानु देउवाले जानकारी दिएका छन।
कांग्रेस प्रबक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समिति बैठकको सभापतित्व सभापति देउवाले नै गर्ने बताएका छन् । बैठकमा कार्यवाहक दिने विषयमा कुनै धारणा नआएको महतले बताए । मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा भने पार्टीको १५ औं महाधिवेशन वा बिशेष महाधिबेशन भन्छने नै रहेको छ ।
कार्यसमिति बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणका लागि यथाशिघ्र विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन । देउवाले भने जेनजी बिद्रोह अगाडी नै आँफुले सक्रिय राजनीतिबाट बिश्राम लिने बताइसकेको छन।
कांग्रेस र एमालेको महाधिवेशन २०७८ साल मंसिरमा भएको थियो भने माओवादीको सोही वर्ष पुसमा सम्पन्न भएको थियो । जेनजी विद्रोह नभएको भए यी तीन वटै पार्टी २०८३ मा महाधिवेशन गर्ने तयारीमा रहेकोमा उक्त विद्रोहका कारण तीनवटा प्रमुख दलले आफ्नो महाधिबेशन केहि अगाडी गर्ने अबस्थामा पुगेका छन।