पोखरा, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। पुर्व प्रधानमन्त्री एबम नेकपा माओबादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पुर्व एआइजी सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको बुझिएको छ।
पुर्व एआइजी सुवेदीले एक संचारमाध्यमसंगको अन्तर्वार्तामा पुर्ब प्रधानमन्त्री एबम नेकपा (माओवादी केन्द्र) का संयोजक ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन हुनु अघि दुई ट्रक पैसा अन्यत्र लागिएको भन्ने अभिव्यक्ति दिएका थिए
प्रचण्डको निवास जलाइनुभन्दा दुई दिन पहिला दुई वटा ट्रकमा दुई करोड पैसा अन्त कतै लगेर लुकाएको पूर्व एआईजी सुवेदीको आरोप थियो। सुबेदीले संचारमाध्यम मार्फत झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्र हत्या समेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको प्रचण्डको सचिवालयले जनाएको छ ।
उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनको विपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ।