Play

नेपाली काँग्रेसको बैठक असोज २८ गते हुने, तयारी नपुग्दा दुई दिन पछाडी सारिएको प्रबक्ता महतको भनाई

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यहि असोज २८ गते मंगलवार बस्ने भएको छ । यस अगाडी केन्द्रीय समितिको बैठक २६ गतेको लागि तय गरिएको भएपनि केहि तयारी नपुगेको कारण बैठक २८ गते बस्ने तय भएको नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन

कांग्रेसका केन्द्रीय समितिका पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको असोज २३ गते बिहिबार देखि चलेको बैठक शनिबार सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता महतले जानकारी दिए।

“हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो । घोषित निर्वाचन र संसद् पुनःस्थापनाका विषयमासमेत छलफल भएको छ”, महतले भने

पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पुर्याएर युवालाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ । निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्योलता धेरै छन यस्ता बिभिन्न बिषयमा थप तयारी गर्नुपरेको कारणले पनि बैठक दुई दिन पछाडी सार्नुपरेको प्रबक्ता महतले बताए

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने उनको भनाई छ ।

२५ आश्विन २०८२, शनिबार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा