पोखरा, कास्कीको रुपा गाउँपालिका- ५ डोटेलकुनाका शिखरनाथ ढुंगानाकी धर्मपत्नी एबम स्थानीय सामाजिक तथा धार्मिक व्यक्तित्व धनमाया ढुंगानाको ८३ बर्षको उमेरमा निधन भएको छ। गाउँबाट पोखरा महानगरपालिका -११ फुलबारीस्थित छोरा बिष्णुप्रसाद ढुंगानाको घरमा आएर दशैं मनाउने तयारी गरेको समयमा अर्थात नवमीको दिनमा उनको निधन भएपछि ढुंगाना परिवार शोकमा परेको छ।

“घरमा परिवारका सदस्यहरु बसेर खाना खाने क्रममा आमालाई अचानक सर्को पर्यो, त्यसपछि आमालाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि तत्काल मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लागिएको थियो। अस्पतालमा डाक्टरले उपचार शुरु गर्दा नै आमाको निधन भैसकेको जानकारी दिए।” स्व. ढुंगानाकी माईली बुहारी अम्बिका गौतम ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिईन । उनको घर र मणिपाल अस्पतालको दुरी एक किलोमिटरको हाराहारीमा रहेको छ। अम्बिका नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघ पोखरा महानगरसमितिको सभापति एबम नेपाल वृन्दावन धाम कास्कीको कोषाध्यक्ष समेत हुन्।
स्व, ढुंगानाका तिन छोराहरु हरिश्चन्द्र ढुंगाना, बिष्णुप्रसाद ढुंगाना र कपिल ढुंगाना रहेकोमा जेठा छोरा हरिश्चन्द्र लामो समय न्यायसेवामा संलग्न रहेको थिए भने माइला छोरा बिष्णु पोखराको अमरसिंह माबिमा शिक्षकको रुपमा कार्यरत छन। यसैगरी कान्छा छोरा कपिल पछिल्लो समय क्यानाडामा बस्दै आएका छन । यसैगरी उनकी एक छोरी बिश्नुमाया ढुंगाना पोखरेल रहेकी छन ।














