Play

दुई दिनको प्रयासपछि सहारा क्लबको नेतृत्व चयनमा सहमति, तेश्रो पटक अध्यक्ष बने ‘केशव थापा’

गुरुकुल खबर


पोखरा, पोखरामा फुटबल खेलको क्षेत्रमा स्थापित संस्था ‘सहारा क्लब’को १४ औं अधिबेशन तथा २७ औं साधारणसभा सम्पन्न भएको छ।  अधिबेशनले आगामी दुई बर्षे कार्यकालको लागि केशव बहादुर थापा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ। थापाले सहारा क्लबमा २०७४ देखि २०७८ सम्म दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेकोमा यस पटकपनि उनि अध्यक्ष बनेका छन। 

क्लबको अध्यक्ष बन्नको लागि हालका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ समेत निकै इच्छ्युक थिए जसका कारण नेतृत्व चयन प्रक्रियामा ढिलाई भएको थियो यस अगाडि अध्यक्ष केशव बराल अध्यक्ष रहेको समितिका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले आँफु अध्यक्षको लागि स्वाभाविक दाबेदार रहेको भन्दै उमेद्वारी प्रस्तुत गर्नु र अर्को तिर केशवबहादुर थापालाई कहिले अध्यक्षको लागि प्रस्ताब गर्दा अधिबेशनको अबधि लम्बिन पुगेको थियो

दुई दिनसम्मको रस्साकस्सी पछि पूर्णबहादुर गुरुङले अध्यक्षमा आंफ्नो दाबि छोडेको र त्यसपछि निर्बिरोध रुपमा नेतृत्व चयन भएको बुझिएको छ सहमतिको आधारमा नेतृत्व चयन गर्ने क्रममा थापाले तेश्रो कार्यकाल सहारा क्लबको नेतृत्व गर्ने भएको छन भने अध्यक्षमा दाबी गरेका पूर्णबहादुर गुरुङ पनि तेश्रो कार्यकालको लागि बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै छन । क्लबको उपाध्यक्षमा विनुराना मगर, महासचिवमा गङ्गाराम पौडेल, सचिवमा ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्षमा लिलबहादुर थापा र सह–कोषाध्यक्षमा विष्णु गुरुङ पनि निर्विरोध निर्वाचित भएका छन् ।

क्लबको कार्यसमितिको सदस्यहरुमा रोजिना गुरुङ, अम्बर राजभण्डारी, विजय गुरुङ, प्रमिला घले, शैलस गुरुङ र ज्योति केसी निर्विरोध निर्बाचित भएका छन । नबनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन मण्डलका रविचन्द्र जमरकट्टेल र बाबुराम अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 

सहारा क्लबले आहा रारा गोल्ड कप लगायत विभिन्न राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरका फुटबल प्रतियोगिताहरुको संचालन गर्नुको साथै फुटबल एकेडमी समेत संचालन गर्दै आएको छ

१२ आश्विन २०८२, आईतवार १८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा