पोखरा, पोखराको पुरानो सहकारी संस्था रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा एबम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले आगामी चारबर्षे कार्यकालको लागि संस्थाको रुद्रकुमारी गुरुङ ‘मैना’लाई अध्यक्ष पदमा पुन निर्बिरोध निर्बाचित गरेको छ।
नबनिर्बाचित अध्यक्ष गुरुङ धर्मकाया बुद्धमण्डलाका अध्यक्ष, सन्जिवनि दिदिबहिनी केन्द्र नेपालका सस्थापक सदस्य, हिमाली सास्कृतिक परिवारका मानार्थ सदस्य, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका सल्लाहकार , कंचनजङ्गा सेकेन्डरी स्कुलका सन्चालक सदस्य समेत हुन साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति पनि सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
नबनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन चन्द्रप्रसाद गुरुङ, सचिवमा केशवप्रसाद ढकाल, कोषाध्यक्षमा सूर्यमोहन ढकाल र सञ्चालक हरूमा एकबहादुर गुरुङ, खिमकुमारी गुरुङ, जंगबहादुर गुरुङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी चयन भएका छन भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण सुवेदी र सदस्यहरूमा अपिला ढकाल र दुलब थापालाई चयन गरिएको छ।
साधारणसभाले अध्यक्ष रुद्रकुमारी गुरुङद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हर्कबहादुर गुरुङद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट र लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट सागर आचार्यद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।
१० हजार २२५ जना सदस्य रहेको सहकारीको २ अर्ब ६५ करोडको वासलात, २२ करोडको जगेडाकोष, १५ करोडको शेयर पुँजी, २ अर्ब बढी बचत निक्षेप र १ अर्ब ५३ करोड ऋण लगानी रहेको छ । संस्थाले वर्तमान तरल वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै वर्षभरि सदस्य केन्द्रित १०० गतिविधि सञ्चालन गर्ने नीति साधारणसभाले पारित गर्यो । वार्षिक साधारणसभाले उत्कृष्ट वर्ष सदस्य, उत्कृष्ट कर्मचारी र २५ वर्षे सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गरेको थियो ।
हाल ७.७७ प्रतिशतमा ऋण सेवा प्रदान गरिरहेको संस्थाको साधारणसभाले प्रविधि सेवालाई सबै सदस्यको पहुँचमा पुर्याउने, संस्थागत कोष वृद्धि गर्दै जगेडाकोष मुखी संस्था निर्माण गर्ने, सदस्यलाई ऋणी नभएर उद्यमी बनाउने, नियमित बचतलाई वृद्धि गर्ने, पोखरा रोयललाई समुदायको पहिलो रोजाइको संस्था बनाउने र संस्थालाई नाफामुखी भन्दा सेवामुखी व्यवसायका रूपमा स्थापित गर्ने जस्ता कार्यक्रमहरू पारित गरेको सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।