Play

अमेरिकाबाट निष्कासित करिब तिनलाख मध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको दाबी

गुरुकुल खबर


अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएयता सात महिना अवधिमा अमेरिकाबाट निष्कासित हुने करिब ३ लाखमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले २०२५ जनवरी तेस्रोदेखि अगस्ट तेस्रोसम्म सात महिना अवधिमा अमेरिकाबाट निष्कासित गरिएका २ लाख ७९ हजार गैरकानुनी रुपमा आएका आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न देखिएको दाबी गरेको हो ।

आइसको तथ्यांकअनुसार आपराधिक गतिविधिमा संलग्न पुष्टि भएकामध्ये ४७ हजार ८ सय ८५ अपराधी करार भइ सजाय पाएका, १६ हजार ५ सय ५२ यौन अपराधमा संलग्न, २ हजार ६ सय ९९ हत्यामा संलग्न र २ सय ३७ जना आतंकवादी क्रियाकलापमा संलग्न रहेकाहरू निष्कासित भएका हुन् ।

सात महिना अवधिमा आइसद्वारा पक्राउ परेका र अमेरिकाबाट निष्कासित भएका २ लाख ७९ हजार गैरकानुनी आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको आइसको उच्च निकाय होमल्याण्ड सेक्रेटरीकी सचिव क्रिष्टी नोएमले अमेरिकी सञ्चारमाध्यमहरुसँग बताएकी छन् ।

उनले भनिन्, ‘आपराधिक गतिविधिमा संलग्न देखिएकामध्ये केही गैरकानुनी आप्रवासीको आधारमा पक्राउपछि पुष्टि भएको र अधिकांश आपराधिक गतिविधिमा संलग्न भएको पुष्टिपछि पक्राउ परेका छन् ।’ नोएमले भनिन् । आइसले आफ्नो वेबसाइटमा ३४ जना जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई मोस्ट वान्टेड सूचीम समेत राखेको छ ।

आपराधिक गतिविधिमा संलग्न भई फरार भएका ३४ जनालाई मोस्ट वान्टेडमा सूचीमा राखिएका मध्ये अधिकांश आप्रवासी भएको आइसको वेबसाइटमा उल्लेख गरिएको छ । मोस्ट वान्टेड सूचीमा रहेकाहरुबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने व्यवस्थासमेत गरिएको आइसले जनाएको छ ।

पियु रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा २०२५ जुन महिनासम्म ५ करोड १९ लाख (५१.९ मिलियन) आप्रवासीहरु छन् । यो संख्या अमेरिकाको जनसंख्याको १५.४ प्रतिशत रहेको अमेरिकाबाट सुदिप सिवाकोटीले कान्तिपुरमा लेखेको समाचारमा उल्लेख छ ।

४ आश्विन २०८२, शनिबार १६:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा