पोखरा, जेनजी पुस्ताको नामबाट भएको आन्दोलनका क्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा पुगेको क्षतिको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन गर्ने काम शुरु भएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेश समितिको तर्फबाट जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको अध्ययन तथा मूल्याङ्कन गर्ने अभियान शनिबार देखि औपचारिक रूपमा सुरु गरिएको हो । यसका समितिले लागि बिभिन्न ६ वटा छुट्टाछुट्टै टोलि बनाइएको छ ।
जसअनुसार टीम लिडर ई. दीपक थापाको टोलीमा ई. याम बहादुर थापा, ई. हरि प्रसाद अधिकारी, ई. धर्मीराज अधिकारी, अ. बाबुराम बराल, ई. अनुप थापा रहेको र उनीहरुले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवासको मुल्यांकन गर्ने छन।
यसैगरी टीम लिडर ई. बिमल भण्डारीको टोलीमा ई. सन्तोष जिसी, ई. शिशिर कुमार बर्तौला, ई. कौशल चन्द्र जिसी, ई. सुरज श्रेष्ठ (पू.वि.का., कास्की) रहेका छन उक्त टोलीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय/निवास, सिंचाइ विकास डिभिजन कार्यालय, प्रदेश नीति तथा योजना आयोग र निवासको मुल्यांकन गर्ने जानकारी नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सदस्य इन्जिनियर महेन्द्र पौडेलले गुरुकुल खबरलाई दिएका छन।
ई. रमेश सुवेदीको नेतृत्वमा रहेको अर्को समुहमा ई. सन्तोष औजा, ई. मोहन सिग्देल, ई. सुमित बिपुलचन्द्र, ई. महेन्द्र पौडेल, ई.कृष्ण घिमिरे, ई. विजय सुवेदी (पू.वि.निर्देशनालय) रहेको र उक्त समुहले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र निवास, शिक्षा विकास निर्देशनालय, गण्डकी विश्वविद्यालय, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, प्रदेश लोकसेवा आयोगको मुल्यांकन गर्नेछ।
यसैगरि ई. ध्रुव गजुरेल पुन नेतृत्वको अर्को समुहमा ई. कृष्ण राज सिग्देल, ई. किरण सिग्देल, ई. सृजन पौडेल, ई. राजेश चित्रकार (पू.वि.का., कास्की) लाई सदस्य राखिएको र उक्त समुहले उद्योग तथा पर्यटन मन्त्रालय/निवास, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र निवास, कृषि विकास निर्देशनालय एवं सम्बन्धित निकायहरूको मुल्यांकन गर्ने भएको बुझिएको छ।
ई. बिरेन्द्र लिगल नेतृत्वमा बनेको समुहमा ई. सन्देश पराजुली, ई. पारस रेग्मी, ई. मनोज बराल, ई. सन्देश बोहोरा (पू.वि.का., कास्की) सदस्य रहेको र उनीहरुले वन तथा वातावरण मन्त्रालय/निवास, वन निर्देशनालय तथा सम्बन्धित निकाय, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात कार्यालय (सवारी चालक अनुमति पत्र) को कार्यालयको अध्ययन मुल्यांकन गर्नेछन।
ई. निराजन पौडेल नेतृत्वको अर्को समुहमा ई. बृजेश के.सी., ई. विशाल बराल, ई. बिश्वास आचार्य, ई. सचिन अधिकारी (पू.वि. निर्देशनालय) लाई सदस्य राखिएको र उक्त समुहले प्रदेश प्रमुखको कार्यालय/निवास, आर्थिन मामिला मन्त्रालय/निवास, पूर्वाधार विकास निर्देशनालय (ड्यामसाइड), पूर्वाधार विकास कार्यालय (कास्की), भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र निवासको अध्ययन एबम मुल्यांकन गर्ने बुझिएको छ।
अभियानले गण्डकी प्रदेशका सरकारी भवनहरूको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी पुनर्निर्माण योजनाका लागि प्राविधिक आधार तयार गर्ने बताइएको छ । संकलित विवरणहरू आगामी चरणमा पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि आधार बन्ने अपेक्षा गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जनाएको छ।