पोखरा, खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले भदौ २३ र २४ गतेको जेनजीको नामबाट भएको प्रदर्शनको क्रममा विभिन्न राष्ट्रिय सम्पदा, कार्यालय, सम्पति र ब्यबसायिक प्रतिष्ठानहरु तथा निजि सम्पतीमा भएकाे तोडफोड, लुटपाट र आगजनीप्रति दुःख व्यक्त गर्दै त्यस्तो कार्यमा संलग्न हुनेहरुलाई कडा कारबाहि गर्न माग गरेको छ ।
घटनाको निष्पक्ष, विश्वसनिय अनुसन्धान गरी जो कोहि दाेषि भएपनि कडा कारबाही गर्न माग गर्दै बिज्ञप्तीमा नयाँ राजनीतिक परिस्थिति अनुसार गठन भएको सरकारले दीर्घकालिन शान्ति स्थापना र राजनीतिक स्थायित्व हुनेगरी विकास, पुनःनिर्माण सहित राष्ट्रिय हितका काम गर्न समेत सुझाब दिएको छ
समाजले नेपालको संविधान, अन्तराष्ट्रिय मानव अधिकार कानुन र नगारिकका उचित आवाजहरुलाई पहिचान गरी संवोधन गर्न र नागरिककाे जिउधनको सुरक्षाका लागि उच्च सुरक्षा व्यवस्था गर्न समेत माग गरेको छ । संघीय राजधानी काठमाडौं तथा विभिन्न जिल्लाहरुमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरू प्रति श्रद्दान्जली अर्पण गरेको छ । समाजले शोक बिज्ञप्ती जारी गर्दै आन्दोलनमा घाईतेहुनेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने नाराको साथ २०५२ सालमा स्थापना भएको क्षत्रीसमाजले स्थानीय, राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा बिभिन्न रचनात्मक काम गर्दै आएको समाजका अध्यक्ष रिब बहादुर थापा र महासचिव कृष्ण बहादुर थापाको नामबाट जारी बिज्ञप्तीमा जनाइएको छ ।
यसैबीच, समाजले घटस्थापनाको दिनलाई क्षत्री राष्ट्रिय पर्व क्षत्री दिवसको रुपमा मनाउदै आएकोमा यसवर्ष राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै जिल्लागत रुपमा अनुकुलता हेरेर सो अनुसारको कार्य गर्न आग्रह गरेकाे छ ।















