पोखरा, पोखराका अग्रज चार्टर एकाउन्टेन्ट एबम प्रतिष्ठित बैंकर बिनोदचन्द्र बराललाई मातृशोक परेको छ।
बिनोदकी आमा अम्बिका देबी बरालको केहि दिन अगाडी अर्थात भदौ २४ गते मंगलवार काठमाण्डौमा निधन भएको हो । स्व. अम्बिकाका छोरा बिनोदचन्द्र सहित छोरीहरु सरिता, मन्जु र अन्जु रहेको छन ।

(आँफ्ना तिन छोरी सरिता मन्जु र अन्जुका साथ स्व. अम्बिका देबी बराल )
पोखरा महानगरपालिका – ८ सिमलचौर घर भएपनि बरालको परिवार पछिल्लो समय काठमाडौँको टोखा रोडमा बस्दै आएको छ।
बरालले आँफुसहित साथिहरुको पहलमा पोखरामा पहिलो फाइनान्स कम्पनी ‘अन्नपुर्ण फाइनान्स’ को स्थापना गरेका थिए। उनले सोहि संस्थाको कार्यकारी प्रमुख समेत भएर काम गरेका थिए ।
बिनोदचन्द्र बरालले पछिल्लो समय शेयर कारोबार ब्यबसायमा र ध्यान साधनामा आँफुलाई बढी केन्द्रित गर्ने गरेका छन।

(छोरा बिनोद चन्द्र बराल र परिवारका अन्य सदस्यहरुसंग स्व. अम्बिका देबी बराल )















