Play

राजनीतिक एबम सामाजिक व्यक्तित्व प्रजातन्त्रका सेनानी हरिबहादुर परियारको निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -६ जरेबर, बैदाम निबासी राजनीतिक एबम सामाजिक व्यक्तित्व हरिबहादुर परियारको ८५ बर्षको उमेरमा निधन भएको छ। प्रजातन्त्रका सेनानी समेत रहेका परियार नेपाली काँग्रेस सम्बद्ध नेपाल दलित संघ कास्कीका पुर्ब अध्यक्ष समेत हुन ।

भारतीय सैनिकमा काम गरेर सेवा निवृत्त भएका परियार लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील थिए। उनले  स्थानीय तालबाराही माबि ब्यबस्थापन समितिको सदस्य समेत रहेर काम गरेका थिए।

परियार सेवा समाज कास्कीको संस्थापक सल्लाहकार समेत रहेर समेत उनले जिम्मेवारी निर्बाह गरेको जानकारी नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न. ६ कार्यसमितिका सभापति सन्तोष पौडेलले गुरुकुल खबरलाई दिए ।

स्व. परियार प्रति अन्तिम श्रद्दन्जली अर्पण गर्न नेपाली काँग्रेस सहित बिभिन्न भात्री र शुभेक्षुक संस्थाका बिभिन्न तहका नेता कार्यकर्ताहरु उनको निवासमा पुगेको नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए।

यसैबीच नेपाली काँग्रेसका सहमहामन्त्री जिबन परियार, केन्द्रिय सदस्य गुरु बराल र अर्का केन्द्रिय सदस्य शारदा पौडेलले परियारले नेपाली काँग्रेसमा रहेर अनबरत योगदान दिएको उल्लेख गरेका छन।

नेपाली काँग्रेसका सहमहामन्त्री जिबन परियार संगै प्रजातन्त्रका सेनानी हरिबहादुर परियार ( ढाका टोपीमा )

उनको शवमा नेपाली काँग्रेसका सहमहामन्त्री एबम सांसद जिबन परियार, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुंवर, नेपाली काँग्रेस कास्की क्षेत्र न. ३ का सभापति मनोज गुरुङ, पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छे लगायतले पार्टीको परियारको निवासमा  झण्डा ओढाएर तथा रामघाटमा कांग्रेस नेता एबम पुर्ब महासमिति सदस्य गिरिराज गौतम लगायतले अन्तिम श्रद्धांजली अर्पण गरेका थिए ।

स्व. परियारको परिवारमा हाल एक श्रीमती, ६ छोरा र ३ छोरी रहेको बुझिएको छ।

३१ भाद्र २०८२, मंगलवार ११:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा