Play

जेनजीको प्रदर्शनमा आगजनी र तोडफोड गर्नेहरुको पहिचान खुल्दै, रास्वपाका दुई कार्यकर्तामाथि कारबाही

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा घुसपैठ गरेर आन्दोलनमा सहभागीलाई उकास्ने एबम लुटपाट, तोडफोड र आगजनीमा संलग्न हुनेहरुको बारेमा प्रहरीले गोप्य रुपमा सुचना संकलन गर्न लागेपछि त्यस किसिमको काममा सक्रिय हुनेहरुको पर्दाफास हुने क्रम जारी छ।

यसैक्रममा पोखरा स्थित बिभिन्न सरकारी कार्यालयहरु र पोखरा महानगरपालिका र बिभिन्न वडा कार्यालयहरुको साथै बिभिन्न ब्यबसायिक प्रतिष्ठान र निजि सम्पतिमाथिको लुटपाट र आगजनीमा संलग्न हुनेहरुको पहिचान खुल्दै गएपछि सरकारको तर्फबाट हुने कारबाहीका अतिरिक्त उनीहरु संलग्न बिभिन्न दलले समेत त्यस्ता आन्दोलनकारीहरुलाई कारबाही शुरु गरेका छन।

पोखरा क्षेत्रमा भएका बिभिन्न कार्यालय र व्यक्तिगत सम्पति नष्ट गर्ने र जलाउने काममा रास्वपाका नेता र कार्यकर्ताहरुको समेत संलग्नता रहेको बिभिन्न सामाजिक संजालमा देखिन्छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै कास्कीका दुईजना वडा सभापतिलाई निलम्बन गरेको छ ।  तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का रास्वपाका वडा सभापति चन्द्र बहादुर थापा र कास्कीको मादी गाउँपालिका –६ का वडा सभापति भोजराज पौडेललाई कारबाही गरेको जनाएको छ ।

थापाले पोखरा महानगरपालिकाको  कार्यालय र मेयर धनराज आचार्यको घर तोडफोड र आगजनी गरेको सामाजिक संजालमा आएका भिडिओहरुमा देख्न सकिन्छ । थापाले कास्कीका अन्य सरकारी संरचना पनि तोडफोड गरेको भिडिओ सार्वजनिक भएको छ ।

रास्वपा मादीका पौडेलले पोखरा १३ स्थित सिँचाइ कार्यालय र पूर्व प्रदेश सांसद वेदबहादुर गुरुङको निजी घर तोडफोड गरेको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओ सार्वजनिक भएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले उनलाई कारबाही गरेको हो । थापा र पौडेल विभिन्न तोडफोड र आगजानीमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएको थियो ।

उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको गण्डकी प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

३० भाद्र २०८२, सोमबार २२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा