Play

जेनजी पुस्ताको प्रदर्शन: काठमाडौँमा मृत्यु हुने १७ मध्ये १६ को सनाखत

गुरुकुल खबर


पोखरा,  काठमाडौँको बानेश्वर चोकमा सोमबार सुरक्षाकर्मीको गोलि लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान भएको छ । काठमाडौँका विभिन्न अस्पताल पुर्‍याइएका उनीहरूको मृत्यु भएको हो । सबै मृतक बानेश्वर चोकमा भएको गोलीकान्डमा मारिएका हुन् । १७ जनामध्ये ८ जनाको काठमाडौँको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा मृत्यु हुनेहरुमा कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका ४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षका सयिम चौलागाई, काठमाडौँ बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षका आयुष थापा, वतन नखुलेको २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे ६ का २१ वर्षीय योगेश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट ५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको सिभिल अस्पतालमा मृत्यु भएको छ । बनस्थलीका वर्ष ३० का सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ ।
बानेश्वरको एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

ती मध्ये ललितपुर महानगर ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने रहेका छन् ।

२४ भाद्र २०८२, मंगलवार ११:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा