जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको बिभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जारी गरेको कर्फ्यु आदेशमा पोखराको करिब सबैजसो बजार क्षेत्रलाई समेटिएको छ।
मंगलबार बिहान १० बजेबाट जारी कर्फ्यु आदेशमा पोखराको पृथ्वीचोकस्थी चाइना पुलबाट मुख्य बजार क्षेत्र अन्तर्गत पृथ्वीचोक, नयाँबजार,महेन्द्रपुल,नदीपुर, केआइसिंह पुलसम्म, बाग्लुंग बसपार्क देखि जिरो किमी हुँदै हल्लनचोकसम्म, पृथ्वीनारायण क्याम्पस देखि ट्याक्सी चोक हुँदै बाग्लुंग बसपार्कसम्म र हल्लनचोक देखि राष्ट्रबैंक चोक हुँदै बिरौटासम्म आवतजावत गर्न, भेला हुन,जुलुस, सभा र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ।
उक्त आदेश अनुसार पोखराको मुख्य क्षेत्र पुरैमा कर्फ्यु आदेश जारी गरिएको हो यसरि पोखरा बजार क्षेत्रभर कर्फ्यु आदेश जारी गरिएको सम्भवत यो पहिलो पटक हो यस अगाडिका कुनै पनि आन्दोलनमा यति धेरै क्षेत्रमा कर्फ्यु लगाइएको थिएन ।
यस अगाडी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबार बिहान आदेश जारी गर्दै पोखराका केही संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न निषेधाज्ञाको आदेश जारी गरेकी थिईन।
मंगलबार बिहान ८:०० बजेदेखि लागू हुने गरी जारी आदेशअनुसार मुख्यमन्त्री कार्यालयसहित सरकारी कार्यालय आसपास र प्रदेश सभा सचिवालय वरपरको ४ किल्ला क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, जुलुस, धर्ना, घेराउ वा प्रदर्शन गर्न नपाइने उल्लेख थियो । टर त्यसको केहि समय पछि कर्फ्युको आदेश जारी गरिएको हो।















