Play

पोखराका प्रत्यूष पौडेलले अन्तर्राष्ट्रिय खगोल भौतिक ओलम्पियाडमा नेपाललाई दिलाए ‘अनरेबल मेन्सन अवार्ड’

गुरुकुल खबर


पोखरा, भारतको मुम्बईमा सम्पन्न १८औँ अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा पोखरा महानगरपालिका -२३ का प्रत्यूष पौडेलले नेपालको लागि एक अनरेबल मेन्सन अवार्ड दिलाउन सफल भएका छन । पौडेलले प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्दै अनरेवल मेन्सन अवार्ड पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगिताको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

भारतको मुम्बईमा गत साउन २६ देखि भदौ ५ गतेसम्म संचालन भएको उक्त प्रतियोगिता (international olympaid in astronomy and astrophysics) मा विश्वका ६३ देशका २ सय ८८ विद्यार्थीहरूले खगोलशास्त्र, खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीप प्रस्तुत गरेका थिए ।

उनीहरुको प्रस्तुतिको आधारमा गरिएको मुल्यांकनमा नेपालबाट सहभागी पोखराका पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल प्रत्यूष पौडेलले हालै मात्र काठमाडौँको सेन्ट जेभियर्सबाट ३.९६ जिपिए अंक प्राप्त गरेर ए लेभल कक्षा उत्तीर्ण गरेका छन।

६०० पूर्णाङ्कको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ३०० पूर्णाङ्कको सैद्दान्तिक तथा ३०० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा दिनुपर्ने ब्यबस्था गरिएको थियो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले दिएको जानकारी अनुसार चार भागमा सञ्चालन गरिएको प्रयोगात्मक परीक्षामा टेलिस्कोप (५०), आकाशीय नक्सा (५०), प्लानेटरियम (५०) तथा तथ्याङ्क विश्लेषण (१५०) सम्बन्धी प्रश्नहरू थिए ।

यी परीक्षामा प्राप्त अङ्कहरूका आधारमा आयोजकले जम्मा १७० सहभागीहरूलाई ५० स्वर्ण पदक, ४३ कास्य पदक, ५१ रजत पदक तथा २६ अनरेवल मेन्सन अवार्ड वितरण गरेकोमा नेपालबाट सहभागी पौडेलले अनरेवल मेन्सन अवार्ड प्राप्त गर्न सफल भएका हुन । नेपालबाट अन्य बिद्यार्थीहरु समेत सहभागी भएपनि प्रत्यूष पौडेलले मात्र अवार्ड जित्न सफल भएको बुझिएको छ।

नेपाललाई उक्त अवार्ड दिलाउने प्रत्युष पौडेलको पुरानो घर पोखरा महानगरपालिका -२३ हर्पन रहेपनि पछिल्लो समय उनि पोखरा महानगरपालिका -५ जिरो किमी नजिक आफ्नो परिवारसंग बस्दै आएका छन । उनका बुवा केदार पौडेल निजामती सेवा प्रदेश बन निर्देशक तहमा काम गरेर केहि बर्ष अगाडी सेवा निवृत्त भएका छन छोराले अन्तराष्ट्रिय प्रतियोगितामा अवार्ड जित्न सफल भएको भन्दै उनका बुवा केदार पौडेलले खुशी प्रकट गरेका छन । गुरुकुल खबरसंग कुरा गर्दै बुवा केदार पौडेलले छोराले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर नेपालको नाम राख्न सफल भएकोमा आँफुलाई निकै खुशी लागेको बताए ।

अन्य मुलुकबाट प्रतियोगितामा सहभागी हुन आउनेलाई सम्बन्धित देशको सरकारले बिभिन्न किसिमको सुबिधा उपलब्ध गराउने गरेको भएपनि नेपालबाट कुनै पनि तहको सरकारले जानकारी सम्म नराख्नु चिन्ताको विषय रहेको प्रत्यूषका बुवा केदार पौडेलले बताए । पौडेलको परिवार स्थानीय स्तरमा राजनीतिक परिवारको रुपमा समेत चिनिन्छ । प्रत्यूषका हजुर बुवा मेघनाथ पौडेल तत्कालिन भदौरे तामागी गाबिसको उपाध्यक्ष् समेत हुन । उनले पनि गुरुकुल खबरसंग कुरा गर्दै आंफ्नो नातिले अन्तराष्ट्रिय स्तरमा विजय प्राप्त गरेकोमा निकै खुशी लागेको बताए ।

उनले प्राप्त गरेको यो सम्मान नेपालको लागि महत्वपूर्ण उपलब्धि रहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । यसले अन्तर्राष्ट्रिय वैज्ञानिक प्रतिस्पर्धामा नेपाली युवाहरूको बढ्दो क्षमता र उपस्थितिलाई उजागर गरेको उनको भनाई छ ।

१६ भाद्र २०८२, सोमबार १०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा