Play

लेखनाथको गुरुकुल कलेजमा नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट नतिजा दिंदै आएको विद्यालयको भनाई

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा रहेको गुरुकुल कलेज अफ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट एण्ड टुरिजमले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम आयोजना गर्यो ।

पोखरा महानगरपालिका–३० पावरहाउस, लेखनाथमा संचालित गुरुकुल कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको जनाएको छ।

कलेजले बिद्यार्थीहरुलाई व्यवस्थापन, होटल म्यानेजमेन्ट र पर्यटनसम्बन्धी शिक्षालाई गुणस्तरीय र व्यावहारिक रुपमा प्रदान गर्दै  आएको जनाएको छ।

कार्यक्रममा बोल्दै  कलेजका प्रिन्सिपल मिलन के.सीले विद्यार्थीहरुलाई शैक्षिक, सामाजिक तथा व्यवहारिक ज्ञान दिलाउने र हरेक क्षेत्रमा सक्षम बनाउनको लागि कलेज प्रतिबद्ध रहेको बताए। प्रिन्सिपल केसीले कलेजलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्नआँफुहरु प्रयासरत रहेको उल्लेख गरे।

कलेजकी एडभाइजर निलिसा ठ्कुरीले विद्यार्थीहरुको  लागि उज्ज्वल भविष्यको कामना गर्दै उल्लासमय सहभागिताले कलेज ब्यबस्थापनलाई प्रेरणा मिलेको बताइन।

कार्यक्रमका अबसरमा विद्यार्थीहरुले गीत, नृत्यसहित आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। जसका कारण कार्यक्रममा सहभागी हुनेहरुले समेत  मनोरंजन लिएका थिए।

१५ भाद्र २०८२, आईतवार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा