Play

र्‍यान्डम रिडर्स सोसाइटीमा नयाँ समिति, अध्यक्षमा पराजुली

गुरुकुल खबर


पोखरा, र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुली अध्यक्षतामा रहेको १२ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् ।

केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।

यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।<

साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ।

१५ भाद्र २०८२, आईतवार ००:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा