Play

पोखरामा तीज सांस्कृतिक महोत्सव: फेवाताल र पर्यटन प्रबर्द्दन लगायतका बिषयमा प्रतियोगीको चासो

गुरुकुल खबर


पोखरा, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । तिन दिनसम्म चल्ने महोत्सब अन्तर्गत बुधबार प्रतियोगी समुहहरुको तीज गीतसंगै रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) समेत गरिने आयोजकले जानकारी दिएका छन ।

महोत्सब अन्तर्गत संचालन गरिएको तीज गीत प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनलाइ जोडेर गीत प्रस्तुत गरेका थिए। पोखराको फेवाताल संरक्षण, पर्यटकीयस्थलको प्रबर्द्दन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषयलाई प्रतियोगी समूहले गीतमार्फत उठान गरेको छन ।

प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने १० वटा समूहलाई नगद चार हजारको दरले पुरस्कार प्रदान गरिने भएको छ । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको महोत्सवका कारण परम्परागत भेषभुषा, सामूहिक नृत्य, लोकसंगीत र विभिन्न खानाका परिकारलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले जानकारी दिईन ।

उनले भनिन्, ‘संस्कृति संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रबर्द्दनका लागि नयाँ ढोकाहरू खोल्न’ महोत्सव उपयोगी हुने निश्चित छ।’

टेवानकीअध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको बताइन् ।

प्रतियोगिताको उद्घाटन पुर्ब लेकसाइडको हल्लनचोकबाट बाजागाजा सहित झाँकी र्याली सुरु भएर बाराहीघाटमा पुगेपछि समारोहमा परिणत भएको थियो ।  महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरेका हुन् ।

महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल लगाएतले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए ।

१० भाद्र २०८२, मंगलवार २१:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा