Play

नेपाल पर्वतारोहण संघमा सत्ता गठबन्धनलाई पराजीत गर्दै अध्यक्षमा माओबादीका शेर्पा बिजयी

गुरुकुल खबर


पोखरा, बर्तमान सत्ता गठबन्धनमा रहेका मुलुकका दुई ठुला पार्टी नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध पर्यटन व्यवसायीहरूको समूहका आधिकारिक उमेदवारहरुलाई हराउंदै नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले आफ्ना प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भएका छन ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए । शेर्पाले ३ सय ४२ मत ल्याउँदा गुरुङ २ सय ८८ मत मात्र ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा पनि शेर्पा समूहमा ईश्वर पौडेलले ३ सय ४५ मत पाएर बिजयी भए भने उनका प्रतिष्पर्धीले २ सय ५८ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्। उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ।

कसकाे मत कति  ?

अध्यक्षका उमेद्वार फुर गेल्जे शेर्पाले ३४२ मत पाएर विजयो भए भने कुल बहादुर गुरुङले २८८ मत पाएका थिए । वरिष्ठ उपाध्यक्ष पदमा ईश्वरी पौडेलले ३ सय  ४५  मत पाएर बिजयी हुँदा टिका गुरुङले २ सय ५८ मता पाएकी थिईन ।  यसैगरी प्रथम उपाध्यक्षमा  काजी शेर्पाले २ सय ५६ मत पाएकोमा मिङ्मा ग्याबो शेर्पाले ३ सय ५९ मत पाएर बिजयी भएका छन ।

संघको द्वितीय उपाध्यक्षमा बोध राज भण्डारीले ३ सय ६८ मत पाएर बिजयी हुँदा उनका प्रतिद्वन्दी धन बहादुर गुरुङले २ सय ३८ मत पाएका थिए भने महासचिबमा राजेन्द्र बहादुर लामाले ३ सय १८ मत पाएर बिजयी भए । उनका प्रतिद्वन्दीहरु विमल नहर्कीले २ सय ९ र शिव सापकोटाले ६८ मत पाएका थिए । सचिवमा चन्दन थापाले ३ सय ५८ मत पाएर निर्बाचित हुँदा ङिमा दिकी शेर्पाले २ सय ४४ मत पाएर पराजित हुनुपर्यो । तर, कोषाध्यक्ष पदमा भने दुवै उमेदवारले बराबरी मत पाएपछि उनीहरुको कार्यकाल समेत आधा आधा गर्ने सहमति भएको छ । कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामा दुबैले ३ सय ४ मत पाएका थिए ।

कार्यसमितिको सदस्यमा निर्बाचित माधवकुमार धमलाले २ सय ७८, केदार न्यौपानेले ३ सय २, थुप्देन शेर्पाले ३ सय २६, गोकुल थापाले २ सय ८८, मुलाल गुरुङले ३ सय ५१, देण्डी शेर्पाले ३ सय ११, विक्रम कार्कीले ३ सय ६, रिञ्जे शेर्पाले ३ सय १, देवेन्द्र डंगोलले २ सय ९५, दिकी शेर्पाले  २ सय ८८ र निशा भोटेले ३ सय ७ मत प्राप्त गरेका थिए ।

८ भाद्र २०८२, आईतवार ०८:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा