Play

श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महामहोत्सव: पोखरामा कृष्ण मन्दिर कहाँ छ भन्ने नै थाहा छैन- मेयर आचार्य

गुरुकुल खबर


पोखरा, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महामहोत्सव सम्पन्न भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्षपनि निरन्तरता दिएको हो ।

महोत्सवमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि पोखरा महानगरले साथ र सहयोग गर्ने बताए । पोखरा महानगरभित्र तीन वटा श्रीकृष्ण मन्दिर रहेको र पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकिन गर्ने अवस्था नरहेको अवस्थामा पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण मन्दिरलाई नै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने बताए ।

त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धार्मिक कार्यक्रम मार्फत समाजमा सकारात्मकता प्रदान गर्ने बताइन । धार्मिक कार्यक्रमले मानिसलाई समाजमा सकारात्मक कार्य गर्न उत्सुक बनाउने भएकाले मानिसमा सुख समृद्धि र आनन्द प्राप्त भइ द्धन्द्ध हिंसा जस्ता घटनाहरु समेत नहुने उनको भनाइ रहेको थियो ।

श्रीकृष्ण प्रणामी मन्दिरले गत असार ३१ देखि साउन ३१ गते सम्म एक महिने श्रीकृष्णवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न गरि कृष्ण अष्टमीको दिन श्रीकृष्ण प्रकाट्य महामहोत्सवको आयोजना गरिएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आगामी दिनमा मन्दिरभित्र सिसमहल निर्माण गर्ने र त्यसका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको समेत बताए ।

त्यतिले मात्र पर्याप्त नहुने बताउदै ढकालले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक संरचना निर्माणमा पोखरा महानगरको समेत साथ र सहयोग आवश्यक रहेको बताए । आगामी वर्ष असोज महिनामा १०८ तारतम सागर पाठ पारायण कार्यक्रमको आयोजना गरि करिब पाँच लाख धार्मिक पर्यटक श्रीकृष्ण प्रणामी मन्दिरमा ल्याउने योजना रहेको समेत ढकालले बताए ।

श्रीकृष्ण प्रकाट्य महामहोत्सवमा एस के डान्स स्कुलको तर्फबाट कृष्ण सम्बन्धी विभिन्न नृत्यहरु प्रस्तुती संगै बाइजुराज महिला समितिको तर्फबाट समेत नृत्य प्रस्तुत् गरिएको मन्दिरका सचिव लक्ष्मण बरालले जानकारी दिए । बरालका अनुसार एक महिना सम्म सञ्चालित श्रीमदवीतकमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताबाट संगीतमय कथा प्रवचन सम्पन्न भएको थियो

उक्त एक महिने श्रीमदवीतक चर्चामा हजारौं भक्तजनहरुको उपस्थिती रहेको समेत सचिव बरालले जानकारी दिए । महामहोत्सवमा संस्थाका उपाध्यक्ष गोपाल ठकुरीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक केशव प्रसाद बरालले धन्यवाद मन्तब्य राखेका थिए । महा महोत्सवको अवसरमा एमआरआर टीम पोखराद्धारा प्रस्तुत गरिएको भजनमा भक्तजनहरु झुमेका थिए भने केदारेश्वर मन्दिरको तर्फबाट महा आरती समेत प्रस्तुत गरिएको थियो ।

१ भाद्र २०८२, आईतवार १९:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा