Play

श्रीकृष्णजन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगिता सम्पन्न, महेश्वर खनाल भजन समूह प्रथम

गुरुकुल खबर


पोखरा, राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा सम्पन्न १० औं श्रीकृष्णजन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्डकी २ कोत्रे प्रथम भएको छ ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा भद्रकाली खैजरी भजन समूह, गजुरी – २ धादिंग द्वितीय, मातृकेश्वर एकता भजन समूह, पोखरा २५ हेमजा तृतीय र शिशुवा सत्संग भजन समूह, शिशुवा सान्त्वना भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट भेषभुुषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ण बाद्यबादनतर्फ तल्लीपोखरी भजन समूह, शुक्लागण्डकी – १ थप्रेक पुरस्कृत बनेको छ ।

प्रतियोगितामा कुल १२ वटा समूह सहभागी भएका थिए । प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लाई क्रमश ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट भेषभुुषा र उत्कृष्ट बाद्यबादन स्वरुप पाँच/पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा प्रा.डा.कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम  रहेका थिए । कार्यक्रममा गन्धर्व समाज र गगन नेवाः खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए । संस्थाका तर्फबाट उत्कृष्ट कार्यवापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनुु आवश्यक भएको बताउँदै त्यसका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्ञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्ष यता महोत्सवसँगै प्रतियोगिता गरिदै आइएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृतिहरू जोगाउँदै भावी पुस्तामा पुर्याउनुपर्नेमा जोड दिए ।

समूहका अध्यक्ष ढकालको सभापतित्व एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेश खत्रीले गरेका थिए ।

१ भाद्र २०८२, आईतवार १९:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा