Play

रुपा गाउँपालिकामा शोक, कांग्रेसमा सक्रिय युवा खेम गुरुङ र अर्का युवा जीवन मल्लको दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा घाइते भएका गुरुङ र मल्लको उपचारको क्रममा निधन, ठकुरीको उपचार काठमाडौँमा जारी


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं ३० खुदीमा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनाका कारण दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं २ माझकोट घर भइ हाल पोखरा-३० खुदी बस्ने ३५ वर्षीय खेमबहादुर गुरुङ ‘माइला’ र रूपा-४ माउडाँडा घर भई हाल खुदी बस्ने ३३ वर्षीय जीवन मल्ल छन् ।

मृत्यु हुने खेमबहादुर गुरुङ नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील थिए। उनि नेपाल तरुण दल रुपा गाउँपालिकाको संयोजक समेत रहेर काम गरेको थिए।  गुरुङको परिवार नै नेपाली काँग्रेसमा सक्रिय रहेको र उनका बुवा हर्कबहादुर गुरुङ नेपाली काँग्रेसको तर्फबाट रुपा गाउँपालिका वडा न. २ को वडासदस्यको चुनाब लडेको थिए।

नेपाली काँग्रेस रुपा गाउँपालिकाका सभापति बिमल बाबु न्यौपानेले गुरुकुल खबरलाई दिएको जानकारी उनका अनुसार स्व. खेमकी श्रीमती जापानमा रहेको र उनि आइतबारसम्म नेपाल आउने भएकोले सोमबार मात्र अन्तेष्टि गरिने भएको छ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि खेम गुरुंगलाई गण्डकी मेडिकल कलेज पोखरामा र जीवन मल्ललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएकोमा दुबैजनाको उपचारको क्रममा मृत्यु भएको थियो।

उक्त दुर्घटनामा मृत्यु भएका जिबन मल्लको अन्तेष्टि भने आइतबार नै गरिएको कांग्रेस रुपा गाउँपालिकाका सभापति न्यौपानेले जानकारी दिए। उनले रुपा गाउँ पालिकाका दुई जना युवाको अप्रत्याशित दुर्घटनामा निधन भएको घटनाले उनीहरुको परिवार र आफन्तमा मात्र नभएर गाउँमा नै शोक छाएको छ।

सोही दुर्घटनामा परि घाइते भएका खुदी बस्ने ३० वर्षीय उमेश ठकुरीको हाल काठमाडौंमा उपचार भइरहेको बुझिएको छ । प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजे शिशुवा-सातमुहाने भित्री सडकखण्डअन्तर्गत तावाको मुखबाट शिशुवातर्फ आउँदै गरेको ग ७ प ८८५० नम्बरको जीवनले चलाएको भीआर र विपरीत दिशातर्फ जाँदै गरेको ग ८ प ३८७१ नम्बरको खेमले चलाएको बुलेट मोटरसाइकल खुदीमा एकापसमा ठोक्किन जाँदा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भई हाल उपचारमा रहेका उमेश ठकुरी जीवन मल्लले चलाएको मोटरसाइकलको पछाडि सवार थिए ।

दुर्घटना लगत्तै वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि मोहोरिया सामुदायिक अस्पताल र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल शिशुवा पठाइएको थियो । त्यसपछि उनीहरुलाई थप उपचारका लागि पोखरा र काठमाडौँका अस्पतालमा रिफर गरिएको बुझिएको छ ।

२५ श्रावण २०८२, आईतवार १६:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा