पोखरा, नेपाली काँग्रेस कास्कीका नेता एबम कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुंगलाई मातृशोक परेको छ। गुरुङकी आमा रत्नमाया गुरुङको ९१ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६, बानियाँ पथमा जेठो छोरा गम्भीरजंग गुरुंगको निवासमा बस्दै आएकी रत्नमाया गुरुङको उनकै निवासमा आइतबार बिहान निधन भएको हो।
स्व. गुरुंगको शब अन्तिम श्रद्दान्जलीको लागि बौद्ध अर्घौं सदन रामघाट पोखरामा साउन २६ गते सोमबार दिउँसो गरिने र त्यसपछि अन्तेष्टि गरिने बताइएको छ ।