पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको आसन्न अधिबेशनको लागि जानुका पराजुली अधिकारी नेतृत्वको समूहका उमेदवारहरुको टुंगो लागेको छ। कार्यसमितिमा सातजना पदाधिकारी, आठजना खुल्ला सदस्य, एकजना एसोसिएट र एकजना संस्थागत सदस्यको साथै दुईजना महिला सदस्य गरि १९ जना रहने व्यवस्था अनुरुप प्यानल तयार भएको अध्यक्षको उमेदवार जानुकाले जानकारी दिईन।
इमान्दारिता, पारदर्शिता र लगनशिलता- ब्यबसायिक क्षेत्रमा सक्षम् नेतृत्व, आजको आबश्यकता भन्ने नारा सहित जानुका नेतृत्वको समूहले चुनाबी प्रचारमा तिब्रता दिएको छ। लेखनाथ उद्योग बाणिज्य संघको २९ औं साधारण सभा तथा १५ औं अधिबेशन आगामी भदौ २० र २१ गते हुँदैछ। जानुका हाल संघको महासचिबको जिम्मेवारीमा छिन।
जसअनुसार, अध्यक्षमा जानुका पराजुली अधिकारी, बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला, प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई ‘आइडी’, महासचिबमा भरतराज ओझा, उपमहसचिबमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरी बस्ताकोटीलाई राखिएको छ ।
कार्यसमितिको आठ जना खुल्ला सदस्यको लागि प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बिरेन्द्रराज भुर्तेल, भविन्द्र पुन ‘भविन’ सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सेना र सन्दिप बुढाथोकीलाई उमेदवार बनाइएको छ।
समितिमा एसोसिएट तर्फको सदस्यको उमेदवारमा दयाराज भण्डारी र संस्थागत सदस्यतर्फको उमेदवारमा बिरभद्र कंडेललाई राखिएको छ भने दुईजना महिला सदस्यको उमेदवारमा शर्मिला श्रेष्ठ र गंगा परियारलाई राखिएको छ।
अधिबेशन सम्पन्न गर्नको लागि संघको कार्यसमितिको बैठकले यस अगाडी नै बरिष्ठ अधिबक्ता खगेन्द्रराज आचार्य संयोजक रहेको निर्बाचन समिति गठन गरेको जनाएको छ।
जानुका पराजुली अधिकारी प्यानलका उमेदवारहरु ..
सम्बन्धित समाचार..
लेखनाथ उबासंघ: अध्यक्ष र महासचिबले जिल्ला अदालत र कास्की प्रहरीमा दिएको उजुरी फिर्ता लिने सहमति
लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन भदौ २० र २१ गते हुने, प्यानल बनाएर चुनाबी अभियान शुरु
लेखनाथ उबासंघको अध्यक्षमा जानुका र राजेन्द्र भिड्ने : दुवैजना प्यानल निर्माणको गृहकार्यमा