Play

अपाङ्गता भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकको लागि क्षमता बिकास तालिम

गुरुकुल खबर


पोखरा, इन्डीपेन्डेन्ट लिभिंग सेन्टर पोखराले स्नायु बिकासात्मक अपांगता भएका बालबालिकाका अभिभावकहरुको लागि आयोजित सशक्तिकरण र क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको तालिममा अटीजम, बौद्धिक अपांगता र सेरेब्रल पल्सी भएका बालबालिकाका ५० बढी अभिभावकहरुको सहभागिता रहेको थियो।

तालिममा  देवेन्द्रमान पालिखे, अकुपेसनल थेरापिष्ट सुदीप औजी, मनोविद सम्झना पराजुली र स्पिच थेरापिस्ट ईशा वस्तीले सहजीकरण गरेका थिए  इन्डीपेन्डेन्ट लिभिंग सेन्टर संस्थाका अध्यक्ष हेम बहादुर गुरुङका अनुसार कोरियाको अपांगता भएका व्यक्तिहरुको विकास संस्था कोद्रदीको सहयोगमा नेपालमा संचालित अपांगता समावेशी शिक्षा तथा सिकाईका लागि विश्वव्यापी ढाँचा प्रवर्द्धन परियोजना अन्तर्गत उक्त तालिम कार्यक्रम गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले अपांगता भएका बालबालिकाका लागि उचित रेखदेख गर्न तालिम प्राप्त हेरचाहकर्ता आवश्यक पर्ने बताए । ‘सम्बन्धित अभिभावकको सशक्तिकरण र क्षमता अभिवृद्धि भएको खण्डमा बाल बालिकाको उचित रेखदेख र हेरचाह गर्न सहज हुन्छ,’ उनले भने । अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रादेशिक विद्ययक गण्डकी प्रदेश सभामा अनुमोदन हुने चरणमा रहेको उनले जानकारी दिए ।

इन्डीपेन्डेन्ट लिभिङ् सेन्टर, पोखराका अध्यक्ष हेम गुरुङले अपांगताको अर्लिस्क्रिनिङ र अर्लिईन्टरभेन्सनको लागि बहुविषयगत प्राविधिक विशेषज्ञको समूह आवश्यक पर्ने बताए । स्नायु विकासात्मक अपांगता भएका बाल बालिकाको रेखदेख र हेरचाहका लागि अभिभावक प्राविधिक रुपमा दक्ष बन्न आवश्यक भएको जानकारी दिँदै उनले दक्ष भएर व्यवस्थापन गर्नको लागि तालिममा अभिभावकको लागि स्याहार सीप, सञ्चार र सीपको बारेमा प्रशिक्षण दिएको उल्लेख गरे ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसीले गण्डकी प्रदेशका अपांगता भएका व्यक्तिको हक हित प्रवर्द्धनका लागि अब बन्न लागेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रादेशिक ऐनमा कार्यकारी उपाध्यक्षको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी थिईन।

२० श्रावण २०८२, मंगलवार १५:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा