Play

रुसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, अमेरिका र जापानमा पनि उच्च सतर्कता

गुरुकुल खबर


रुस, रूसमा शक्तिशाली भूकम्प गएको छ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए। ‘यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,’ उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ।

समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन।

भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ। शक्तिशाली भूकम्पपछि त्यसका शक्तिशाली पराकम्पन पनि गइरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

पहिलो धक्काको ४५ मिनेटपछि पेट्रोपावलोव्स्क कामाचात्स्कीमा ६.९ म्याग्नेच्यूडको पराकम्पन गएको छ। त्यसको केही मिनेटमै ६.३ म्याग्नेच्यूडको अर्को कम्पन मापन भएको अमेरिकी जियोलोजिकल सर्भेको विवरणलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।

रूसमा भूकम्पपछि जापान र अमेरिकी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ। जापानको होकाइदो र वातायामा राज्यका तटीय क्षेत्रमा तीन मिटरसम्मको सुनामी आउने चेतावनी जारी गरिएको छ। ‍सुनामी आउन सक्ने तटीय क्षेत्र खाली गराइएको छ।

संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ।

१४ श्रावण २०८२, बुधबार ०९:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा