पोखरा, कास्कीको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष र महासचिबको बिचमा उत्पन्न बिबाद संघका पूर्व अध्यक्षहरुको पहलमा टुंगिएको छ। यस अगाडी साउन ४ गते बसेको लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिको बैठकमा संघको १५ औं अधिबेशन र २९ औं साधारण सभाको मिति तय गर्ने सम्बन्धमा उत्पन्न बिबाद कास्की प्रहरी र कास्की जिल्ला अदालत सम्म पुगेको थियो ।
बैठकमा अधिबेशनको मिति तोक्ने बिषयमा अध्यक्ष बिनोद श्रेष्ठ र महासचिब जानुका पराजुली अधिकारीबीच विवाद भएको थियो। बैठकमा अधिबेशनको मिति तोक्ने एजेन्डामाथि छलफल शुरु भएपछि केहि सदस्यले भदौको १४ र १५ तथा कहिले भदौको २० र २१ मा अधिबेशन गर्नुपर्ने धारणा राखेका थिए।
त्यसपछि भदौ २० र २१ मा अधिबेशन गर्ने भन्ने निर्णयमा सबैजसो पदाधिकारी र सदस्यहरु एक मत भएपछि अध्यक्ष श्रेष्ठले अधिबेशनको मिति पछि तोक्ने भन्दै एक्कासी बैठक सकेको घोषणा गरि माइन्युट कब्जा गर्ने प्रयास गरेपछि बिबाद बढेको थियो। महासचिब जानुकाले माइन्युट आफुले नै राख्न सफल भएपनि अध्यक्ष श्रेष्ठ भने बैठक छोडेर बाहिरिएका थिए। त्यसपछि संघका पदाधिकारी र सदस्यहरुले भदौ २० र २१ मा नै अधिबेशन गर्ने निर्णय गरेर बैठक टुंग्याईएको थियो।
उक्त घटनापछि अध्यक्ष श्रेष्ठले कास्की जिल्ला अदालतमा अबैधानिक तरिकाले बसेको बैठकले तोकेको अधिबेशनको मिति बदर गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए भने महासचिब जानुकाले बैठकमा नै अध्यक्षले आँफुमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिईन। जसका कारण अधिबेशनको बारेमा अन्योलको अबस्था सिर्जना भएको थियो ।
अधिबेशनको सम्बन्धमा अन्योल बढेको, संघको कार्यसमिति भित्र आन्तरिक मतभेद बढेको र संघको गरिमा र प्रतिष्ठामा आंच पुग्न लागेको भन्दै संघका नौ जना पुर्ब अध्यक्षहरुले आइतबार र सोमबार पहल गरेपछि अध्यक्ष र महासचिब बिचमा उत्पन्न बिबाद अन्त्य भएको संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले गुरुकुल खबरलाई जानकारी दिए।
लेखनाथ उधोग बाणिज्य संघका पूर्व अध्यक्षहरु र संघका कार्यसमितिका पदाधिकारीहरु समेतको उपस्थितिमा सम्पन्न भेलाले अध्यक्ष श्रेष्ठ र महासचिब पराजुलीले अदालत र प्रहरीमा दिएको उजुरी फिर्ता लिने र अधिबेशन भदौको २० र २१ मा गर्ने निर्णय गरेको संस्थापक अध्यक्ष कर्माचार्यले जानकारी दिए । ‘लेखनाथ उधोग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले कास्की जिल्ला अदालतमा र महासचिब जानुका पराजुली अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएका उजुरीहरु फिर्ता गर्दै लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमितिको बैठकबाट तोकिएको मिति भदौ २० र २१ मा संघको २९ औँ साधारणसभा सहित १५ औं अधिवेशन सम्पन्न गर्ने सहमति भएको’ स्पष्ट पार्न चाहन्छौं। उक्त बैठकपछि जारी संयुक्त बिज्ञप्तिमा भनिएको छ।
‘कुनै पनि बिषयमा उत्पन्न असमझदारी र बिबादलाई आपसी सम्बाद र छलफलको माध्यमबाट टुङ्गोमा पुर्याउन सकिन्छ भन्ने बिगतदेखिको मान्यता, संस्थाका सदस्यहरूको चाहना र भावना साथै संस्थाको गरिमा र प्रतिष्ठा जोगाईराख्न लेखनाथ उद्योग वाणिज्य संघका हामी पूर्व अध्यक्षहरू र पदाधिकारीहरु गम्भीर र प्रतिबद्ध रहेकोले नै यस किसिमको पहल गरिएको जानकारी गराउंदै आगामी दिनमा यस किसिमका घटनाहरु दोहोरिन नदिन सम्बद्ध सबै पक्ष जिम्मेवार र गम्भीर बन्न समेत आग्रह गर्दछौं।’ बिज्ञप्तीमा भनिएको छ।
‘२०५४ साल असार २० गते ८० जना व्यवसायीहरूको पहलमा स्थापना गरिएको लेखनाथ उद्योग वाणिज्य संघमा हाल २ हजार बढी सदस्य पुग्नुले संस्थाप्रति उद्योगी व्यवसायीहरूको आकर्षण बढेको स्पष्ट भएको छ । यसैगरी संघले सञ्चालन गर्दै आएको लेखनाथ महोत्सव लगायतका विभिन्न गतिविधिका कारण यस क्षेत्रको संस्कृतिको सम्बर्द्धन कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनको साथै यस क्षेत्रको विकास र समृद्धिमा महत्वपुर्ण योगदान पुगेको महसुस हामीलाई भएको छ।’
संघका पुर्ब अध्यक्षहरु र बैठकमा सहभागी पदाधिकारीहरुले जारी गरेको बिज्ञप्तीमा लेखनाथ उद्योग वाणिज्य संघले विभिन्न तहका सरकार र अन्य गैर सरकारी निकायसँग मिलेर लेखनाथ क्षेत्रको समग्र विकास र समृद्धिमा योगदान पुर्याउनुपर्ने टड्कारो आवश्यकता देखिएको बर्तमान अवस्थामा आन्तरिक रुपमा अनावश्यक रूपमा द्वन्द सिर्जना गर्न खोज्ने, संघको विधान अनुरूप विभिन्न गतिबिधिहरुमा रोक लगाउने र संस्थाको गरिमा र प्रतिष्ठा सहित सदस्य उद्योगी व्यवसायीहरूको आत्मसम्मानमा चोट पुग्ने किसिमका कार्य कहीं कतैबाट पनि हुन नहुने कुरामा हामी सदैव सचेत रहँदै खबरदारी गर्ने प्रतिबद्दता समेत ब्यक्त गरिएको छ।
साथै, आगामी दिनमा लेखनाथ उद्योग वाणिज्य संघलाई राष्ट्रिय एबम अन्तरराष्ट्रियस्तरमा उत्कृष्ट नगर उद्योग वाणिज्य संघको रूपमा अगाडी बढाउनको लागि गम्भीरतापुर्बक पहल गर्न संघको बर्तमान कार्यसमितिमा रहेका र अबको कार्यसमितिमा आउन चाहेका सम्पूर्ण उद्योगी व्यवसायी एबम सदस्य साथीहरूलाई आग्रह गर्दै संघको गरिमा र प्रतिष्ठा बढाउन एबम लेखनाथ क्षेत्रको समग्र विकासको लागि गरिने सबै किसिमका गतिविधिमा हाम्रो सदैव साथ समर्थन र सहकार्य रहने समेत जानकारी गराउन चाहन्छौँ। बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तीमा लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य सहित निबर्तमान अध्यक्ष छत्रधर आत्रेय र पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरि, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरी भण्डारी र बलराम ढकालले हस्ताक्षर गरेका छन पूर्व अध्यक्षहरु संगको बैठकमा संघका बर्तमान अध्यक्ष बिनोद श्रेष्ठ सहित बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुबेदी ‘राजु’, द्वितीय उपाध्यक्ष बिक्रम कर्मचार्य,महासचिब जानुका पराजुली अधिकारी,उपमहासचिब भरतराज ओझा र कोषाध्यक्ष ध्रुबराज भट्टराईको उपस्थिति रहेको थियो।