Play

तरुण दलले पोखरामा तरुण युवा र जलवायु सम्बन्धि कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा, नेपाल तरुण दल कास्कीले आगामी बुधबार अर्थात साउन १४ गते पोखरामा नेपालको परराष्ट्र नीति, जलवायु परिबर्तन र तरुण युवाहरुको सरोकार बिषयमा सम्बाद कार्यक्रम गर्ने भएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा जलवायु परिबर्तन, नेपालको परराष्ट्र नीति र तरुण युवाहरुको बिषयमा विभिन्न बक्ताहरुले आपह्नो भनाई राख्ने भएका छन ।

कार्यक्रमको तयारी सम्बन्धमा शनिबार पोखरामा नेपाली काँग्रेस निकटका युवा र तरुणहरुको बैठक समेत बसेको र कार्यक्रमलाई प्रभावकारी बनाउने र उल्लेखनीय सहभागी जुटाउने सम्बन्धमा छलफल भएको नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले गुरुकुल खबरलाई जानकारी दिए।

बैठकमा नेपाल तरुण दल कास्कीका पूर्व अध्यक्ष एबम पुर्ब केन्द्रीय सदस्यहरु ऋषि काफ्ले र भरतजंग कुँवर सहित दलका केन्द्रीय सदस्यहरु लगायत अन्यको सहभगिता रहेको केन्द्रीय सदस्य लक्की पहारीले बताए।

कार्यक्रममा दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ र पुर्ब केन्द्रीय अध्यक्ष एबम राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत लगायतका अतिथि आउने तय भएको दलका केन्द्रीय सदस्य सुरजजंग राणाले जानकारी दिए।

उक्त कार्यक्रम पोखराको प्रस्यांगस्थित ताजमहल पार्टी प्यालेसमा गरिन लागेको तरुण दल कास्कीका उपाध्यक्ष प्रेमलाल पुनले बताए ।

११ श्रावण २०८२, आईतवार ११:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा