Play

पोखराको मातृशिशु अस्पतालमा दुरबिन प्रबिधिको सर्जिकल र डिआर एक्सरे सेवा बिस्तार

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित डिआर एक्सरे सेवा विस्तार गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बुधबार औपचारिक रूपमा ति सेवाको शुभारम्भ गरेका हुन। पौडेलले सेवाको विस्तारसँगै बिरामीहरूका लागि आधुनिक प्रविधिमार्फत सर्जिकल अपरेशन सहज हुने उल्लेख गरे।

अध्यक्ष पौडेलले “गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब रु ९७ लाख मूल्यको फोरके प्रणालीयुक्त शल्यक्रिया मेसिन जडान गरिएको  भन्दै नाक, कान, घाँटी र महिलासंग सम्बन्धित रोगहरूलाई छिटो र प्रभावकारी रूपमा उपचार गर्न सहयोग पुग्ने  बिश्वास ब्यक्त गरे।

छाला काट्नु नपर्ने, प्वाल पारेर अपरेशन गर्न सकिने र सेवा छिटो छरितो हुने भएकोले बिरामीहरूको अस्पताल बसाइ समय पनि घट्ने अपेक्षा गरिएको उनले बताए।

त्यसैगरि आधुनिक डिजिटल प्रविधिमा करिब रु ३४ लाखको लागतमा ५०० एम ए क्षमता हुने डिआर एक्सरे मेसिन समेत जडान गरिएको छ। यसले चिकित्सकलाई सबै प्रकारका जटिल एक्सरे परीक्षण गर्न र सबै अंगहरूको सहज, छिटो र स्पष्ट तस्वीर प्राप्त गर्न सकिने उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव ढकालले जानकारी दिए।

नवीनतम मेडिकल उपकरण र डिजिटल प्रविधि–सम्पन्न यस किसिमको सुधारले पोखराको मातृ–शिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा–क्षेत्रमा थप सशक्त बनाउने विश्वास डाक्टर ढकालले व्यक्त गरेका छन ।

२५ असार २०८२, बुधबार १५:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा