पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसम शिक्षाशास्त्र संकायमा चौथो वर्ष अध्ययनरत विद्यार्थीहरूलाई मंगलबार आयोजित एक समारोहका बीच बिदाइ गरिएको छ। क्याम्पसको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा क्याम्पसका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
शिक्षा विभागका विभागीय प्रमुख रमेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बरालले बिदाइ हुने विद्यार्थीहरूलाई खादामाला र मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको लागि शुभकामना प्रकट गरे। क्याम्पस प्रमुख बरालले शिक्षाले जीवन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा विद्यार्थीहरूले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनाल र विद्यार्थी शाखा प्रमुख वेदहरी तिमिल्सिनाले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सबैजसो शिक्षण संस्थाले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
उपप्राध्यापक विजया कुमारी आचार्य, उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीको साथै विद्यार्थी अमृता रानाले जनप्रिय क्याम्पसमा अध्ययन र अध्यापनको अबस्थाको बारेमा चर्चा गरेको उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. विष्णुप्रसाद शर्माले गरेका थिए ।