Play

उपल्लो मुस्तांगको चुम्जुंग खोलामा अकल्पनीय बाढी, स्थानीयलाई सतर्क रहन प्रशासनद्वारा जानकारी

गुरुकुल खबर


पोखरा, मुस्ताङ जिल्लाको लोमान्थाङ स्थित चुङजुङ खोलामा आएको बाढीका कारण त्यस क्षेत्रमा तनाब बढेको छ । बिगतमा बाढी नआउने ठाउँमा यस पटक बाढी आएपछि विभिन्न तहको सरकारमा बस्नेहरुले समेत चासो ब्यक्त गर्न थालेका छन।  चिम्जुंग खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनीसहित निर्देशन दिएको छ । चिम्जुङ खोला तिब्बतबाट बग्दै छुसाङ हुँदै कालीगण्डकीमा मिसिन्छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन्।  ‘यो लोमान्थाङभन्दा माथिबाट, छोसेरमा बाढी आएको हो । त्यो भनेको हाम्रो कोरला नाका जाने बाटोमा अन्तिम एउटा प्रहरी चौकी छ । त्यसको नजिक भएको खोला हो,’ उनले भने, ‘यो तिब्बत तिरबाट आउँछ। त्योभन्दा माथि हाम्रो बस्ती पनि छैन, एक्सेस छैन ।’

हिमाली जिल्ला मुस्ताङमा हिमतालको क्षेत्रतिरबाट बाढी आएको प्रजिअ भुषालले बताए । ‘त्यही हिमताल फुटेको हो कि अथवा छुट्टै आएको हो, यो चै अब यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘हाम्रो जनधनको क्षति केही भएको छैन। हाम्रो सबै प्रहरीहरू, जनप्रतिनिधिहरू, नागरिकहरू आसपासको क्षेत्रमा पूरै परिचालन भएको छ ।’

लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्था आस्थाम सकायो दिए भीषण बाढीका कारण लोमान्थाङ गाउँ पालिकाभित्रका चारवटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले बताए । “यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ। यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।”

सम्भावित जोखिम भएका परिवारहरूलाई अन्यत्र सारिसकिएको प्रजिअ भुषालले जानकारी दिए । चराङतिर हुँदै छुसाङ, कालीगण्डकीमा निस्किने कागबेनी खोलामा बाढी आउने सम्भावित छेउछाउका बस्तीहरू सबै ठाउँमा सतर्क रहन भनिएको उनको भनाइ थियो । ‘मान्छेहरू त्यति साह्रै जोखिम भएको बस्ती पनि माथितिर अब छैन। त्यही लोमान्थाङनेर हो एउटा, अरू तल अब कागबेनीतिर आएपछि त कालीगण्डकीमा मिसिएपछि अलि फराकिलो हुन्छ,’ उनले भने, ‘फराकिलो भएपछि कत्रो हुन्छ, हामी पूरै निगरानीमै हुन्छौँ र सबै गाउँमा हामीले यो साइरनवाला माइक पनि दिइसक्या छौँ ।’

आसपासको क्षेत्रमा बाढी आए कहाँ गएर बस्ने भनेर ठाउँ पनि यकिन भइसकेको उनले बताए । ‘पूर्वतयारी राम्रो छ, त्यसैले त्यस्तो मानवीय क्षति हुने अबस्थ्या छैन ।  यत्तिकैमा त्यति धेरै क्षति हुने सम्भावना देखिन्न यसै प्रसंगमा उनले हिमाली क्षेत्रमा कहाँ नेर पानि पर्यो भनेर एकिन गर्न गाह्रो हुने भएकोले यस बिषयमा कुरा गर्न चाहेनन । ‘गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार बाढी दिउँसैदेखि आएको र साँझसम्म रोकिएको थिएन ,’ उनले गुरुकुल खबरसंग  भने, ‘ताल फुटेर बाढी आएको हुन सक्छ । यता पानी परेको छैन । अरू कारणले बाढी आएको होइन ।’

मुस्ताङ हिमाल पछाडि रहेको छो ल्योङढ्योक ताल फुटेको हुनसक्ने उनको अनुमान छ । खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन उनले आग्रह गरेका छन् । बाढीले केही पुलहरू समेत बगाएको गुरुङले जानकारी दिए । ‘त्यहाँ रहेका पुलहरू बगाएको भन्ने सूचना आएको छ । क्षतिको विवरण बुझ्दै छौँ,’ उनले भने । ४ वटा काठेपुल र एउटा बेलिब्रिज बगाएको उनले बताए ।यस्तै, लोमन्थाङको रिङरोड क्षति भएको छ, बाटोहरू धेरै बिग्रिएको छ । अन्य क्षतिबारे भने जानकारी नरहेको उनको भनाई छ ।

मुस्ताङको लोमान्थाङ क्षेत्रमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्टमा बस्न जिल्ला  प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।मुस्ताङ लोमन्थाङ गाउँपालिका वडा नम्बर ४ चुम्जुङ खोलामा बाढी आएपछि मुस्ताङबाट प्रहरी सहायक निरीक्षक बिष्णुहरी थापाको कमाण्डमा १० जनाको टोली खटिएको छ ।  खोलाले प्रभाव पार्न सक्ने मुस्ताङको ईलाकाहरु छुसाङ, कागबेनी, जोमसोम लगायतका स्थानहरुमा विपद् फोकल पोईन्ट र विपद् सुचकहरु मार्फत सतर्क रहन भनिसकिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालका अनुसार खोला नजिकका बासिन्दालाई अलर्टमा बस्न आग्रह गरिएको छ ।

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।”

उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरू गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताए । यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । आज त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरू गरेको छ ।

२४ असार २०८२, मंगलवार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा