पोखरा, परियार समुदायमा एकताको सन्देश दिने उदेश्यका साथ पोखरामा परियार सेवा समाजको ३० औं स्थापना दिवस मनाइएको छ । कार्यक्रममा ब्नोल्दै प्रमुखअतिथी परियार सेवा समाज केन्द्रिय समितिको सहअध्यक्ष प्रेमदेवी परियारले परियार समुदाय भित्र एकताको खाँचो औंल्याउंदै केन्द्रीय समितिले समाज भित्र एकता र सहकार्यको संस्कृतिलाई विकास गर्दै संस्थालाई संगठित र एकताबद्द बनाउने अभियानमा सक्रिय रहेको जानकारी दिईन
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि संबिधान सभाका सदस्य कृष्ण कुमारी परियारले कास्कीमा समाजका गतिबिधिलाई बढाउंदै लैजानुपर्ने आबश्यकतामा जोड दिंदै बिगतमा परियार समुदायका अग्रजहरुको योगदान र प्रयत्नको कारण विभिन्न तहको सरकारको विभिन्न भूमिका र पार्टीहरु भित्र पनि विभिन्न जिम्मेवारीमा परियारहरु पुग्न सफल भएको बताईन ।
समाजका अध्यक्ष दुर्गा परियारले सभापतिको आसनबाट बोल्दै समाजका संस्थापकअध्यक्ष स्व.गणेश परियार लगायत सम्मर बहादुर परियार, नर बहादुर परियार, पदमकुमारी परियार, भक्तबहादुर परियार, तरक परियार आदीले समाजको निम्ति गरेको योगदानको स्मरण गर्दै इतिहासलाई सम्झेर बर्तमान समितिले काम गर्ने विचार ब्यक्त गरिन ।
कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष जुम बहादुर परियार, केन्द्रिय सदस्य प्रेम बहादुर परियार, गण्डकी प्रदेश अध्यक्ष किसन परियार, केन्द्रिय एंव जिल्ला सल्लाहकार नरेन्द्र मित्रकोटी, संस्थापक सदस्य तिलक परियार, जिल्ला सल्लाहकारको तर्फबाट बद्री परियार, ईकाई समितिको तर्फबाट शनिश्वरी माई गुठी समितिकाअध्यक्ष बिजय बागदास लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा समाजका सचिब अमर परियारले कार्यक्रम संचालन गरेका थिए भने सुरेन्द्र परियारले सहभागीहरुलाई स्वागत गरेका थिए ।